Kanakai Online

वाल दिवशमा फक्तालुङमा वृहत विद्यार्थी सम्मेलन, समस्याको पहिचान


आइतवार, भदौ ३०, २०८१ |

,
कनकाई अनलाईन

वाल दिवशको अशवरमा झापाको फक्तालुङ एजुकेशन फाउण्डेशनमा वृहत विद्यार्थी सम्मेलनको आयोजना गरिएएको छ ।
झापा मोरङ र सुनसरीका विद्यार्थी सम्मिलित उक्त सम्मेलनमा विभिन्न विद्यालयका विद्यार्थीहरुमा विविध समस्या र यसका निराकरणका सवालमा प्यानल डिस्कशन समेत गरीएको थियो ।

उच्च तहका नागरिकहरुमा मात्रै हुँदै आएको विविध समस्याको निराकरणका लागि प्यानल डिस्कशनलाई विद्यालयतहमै सञ्चालन गरिएकोले विद्यार्थीहरुमा उच्च बौद्धिकता प्राप्तमा स्कुल तहबाटै बुझ्न मद्धत मिलेको फक्तालुङ एजुकेशनका पिन्सिपल ओमविक्रम नेम्बाङले बताउँनुभयो ।


फक्तालुङ एजुकेशन फाउण्डेशनको व्यावस्थापन, क्वीस्ट नेपालको आयोजना र एसक्युसी झापा हवको सहआयोजनामा आयोजित एक दिने वृह विद्यार्थी सेमिनारमा विद्यार्थीहरुमा केश स्टडी, प्यानल डिस्कशन, सेलिब्रेशन क्वालिटी क्युज लगायातका कार्यक्रमको आयोजना गरिएको हो । यसमा फक्तालुङका विद्यार्थी र अन्य विद्यालयका विद्यार्थीहरुको नृत्य, गायन र नाटक समेत प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई समस्यामा जुध्न र पहिचान गर्न स्कुल तहबाटै मद्धत मिलेको बताउँदै कनकाई नगरमा यस प्रकारको कार्यक्रम ल्याएकोमा आयोजकलाई बधाई दिनुभयो ।
कार्यक्रममा सहकन्भेनर समेत रहनुभएका फक्तालुङ एजुकेशन फाउण्डेशनका पिन्सिपल ओमविक्रम नेम्बाङले विद्यार्थीहरुले आफ्नो समस्यामा आफै पहिचान र समस्या निराकण गर्न सकुन र अरुलाई समेत बदल्न सकुन भनेर यसप्रकारको कार्यक्रमहरु देशव्यापी रुपमा हुदै आएकोमा यसपटक कनकाईमा आयोजना गरिरहेको जानकारी दिनुभयो ।


कार्यक्रममा क्युस्ट नेपालका केन्द्रिय उपाध्यक्ष नारद रिजाल, एन व्यासनका केन्द्रिय उपाध्यक्ष जयबहादुर जयबहादुर श्रेष्ठ, क्युस्ट नेपालका केन्द्रिय समितिका निराजन अधिकारी लगायातले विद्यार्थीहरुलाई विद्यालयभित्र कितावी किरो मात्रै नबनाउँका लागि र आफ्ना समस्याका वारेमा आफै पहिचान गर्न यो उत्तम शिकाई विधि भएको बताउँनुभयो ।

यस विधिबाट विद्यार्थीको चरित्र निमार्ण गर्दै असल नागरिक बन्नका लागि अभिप्रेरित गर्ने बताउँनुभयो । एसक्युसी विधिलाई सबै विद्यालयमा सञ्चालन गर्नका लागि अतिथिहरुले जोड समेत दिनुभयो । कार्यक्रम विद्यालयका विद्यार्थीहरु ओसन नेम्बाङ , कुशुम ढुङ्गाना र एन्जल पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक दुर्गा नेम्बाङ्ग, बाल कल्याण अधिकारी उमानाथ ढकाल, हरिकुल नमुनाकी प्रबन्ध निर्देशक डाः गिष्मा रावल, शिक्षासेवी, नागरिक समाजका प्रतिनिधि लगायातको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर