Kanakai Online

१०९ ग्राम ब्राउन सुगर सहित पूर्वीनाकाबाट एकजना पक्राउ


शुक्रवार, भदौ २८, २०८१ |

कनकाई अनलाईन
१०९ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित नेपालको पुवीै नाका काँकडभिट्टाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार दिउसो २ बजे मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट कपिलवस्तु बुद्धभुमि नगरपालिका घर भई हाल दमक नगरपालिका ९ बस्ने ४७ बर्षिय शुक्रराज सार्कीलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रवार दिउँसो अन्दाजी २ बजे मेचीनगर ६ काँकरभिट्टास्थित मेची भन्सार कार्यालयको भवन अगाडी चेकप्वाइन्टमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले पक्राउ गरेको थियो ।

भारतको पानीट्यांकीबाट सिटीसफारीमा नेपालतर्फ आइरहेका सार्कीले रोयल पाल्की लेखिएको चामलको बोराभित्र लुकाएर ल्याएको प्लाष्टिकसहित १०९ ग्राम १५० मिलिग्राम ब्राउनसुगर प्रहरीले फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर