Kanakai Online

सुरुङ्गामा भोला र चुरोट खोजी खोजी जलाईयो


बिहिवार, भदौ २७, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरपालिकालाई अघिल्लो साउन १ गतेदेखिनै सुर्तिजन्य पदार्थ सेवन र विक्री वितरण गर्न रोक लगाइएको भएपनि कनकाई मावि आसपासकै क्षेत्रमा सुर्ति विक्री वितरण गर्ने गरिएको गुनासो आएसगै कनकाई नगरपालिका र प्रहरीको टोलीले आज बजार अनुगमन गरेको छ ।
यस क्षेत्रका विभिन्न पसलहरुमा अनुगमन गर्दा पसलहरुमा भोला, गुटखा, चुरोट र खैनी फेला परेको कनकाई नगरपालिकाले जनाएको छ ।
लामो समयसम्म कनकाई नगरपालिका क्षेत्रमा बजार अनुगमन नहुँदा व्यापारीहरुले पुन विक्री गर्ने गरेको गुनासो आएसगै कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्रप्रसाद शर्माको नेतृत्वमा कनकाई नगरपालिकाकी अधिकृत सातौ जमुना कटुवाल, इलाका प्रहरी कार्यालय सुरुङ्गा र नगर प्रहरीको टोलीले आज सुर्तिजन्य पदार्थ, र भोलाको खोजी गर्दा व्यापक रुपमा फेला पारिएको कनकाई नगरपालिकाले जनाएको छ ।

प्राय व्यापारीले अन्जानवश विक्री थालेको बताएपछि एकपटकलाई सचेत गराएर छाडिएको र फेला पारेको हज्जारौ रुपैँयाको भोला, सुर्तिलाई जलाई नष्ट गरिएको कनकाई नगरपालिकाले जनाएको छ ।