Kanakai Online

केटीको विषयमा बिर्तामोडमा झडप तीन पक्राउ


मङ्गलवार, भदौ २५, २०८१ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा केटीको विषयमा दुई समूहबीच झडप हुदा एक जना घाईते र ३ जना पक्राउ परेका छन ।
सोमवार साँझ अन्दाजी ६ बजे बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबिच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०÷१२ जना युवाबीच ग्याङ फाइट भएको प्रहरीले जनाएको छ ।

झडपमा बिर्तामोड ६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ । उनको बाँया खुट्टा, घाँटी र टाउकोमा चोट लागेको छ । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी १८ वर्षीय अरुण राई , सोही ठाउँ बस्ने अन्दाजी १७ वर्षीय सबिन तामाङ र वडा नम्बर ४ बस्ने १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एउटा फलामको कट्टी, एउटा फलामको रडको रोल बरामद भएको छ । तीनजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर