Kanakai Online

मेची नाकामा भिआइपी तरिकाले कारबाटै तस्करी


आइतवार, भदौ २३, २०८१ |

कनकाई अनलाईन
पोका साईकल मटरसाईकल हुदै नेपालको पुर्वीद्धार मेचीनगरमा कारमा राखेर सामान तस्करी हुन थालेको छ ।
भन्सार छलेर नेपाल भित्राएको सामानसहित प्रहरीले तीनजना भारतीय नागरिकलाई नेपाल भारत सीमाको काँकडभिट्टा नाकाबाट शनिवार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पानी ट्याङ्कीका रामदयाल बर्मन, अमित राय र राजकुमार घोस रहेका छन् । उनीहरू सबै कारमा सवार थिए ।

भारतीय नम्बरका तीनवटा कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा भन्सार छलीको सामानसहित शनिबार अपरान्ह चालक पक्राउ परेका हुन् । प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको हो ।

झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले नियन्त्रणमा लिइएका कारमा ३ लाख ९९ हजार मूल्य बराबरको कपडा फेला परेको जानकारी दिनुभयो ।

प्रहरीले सामान बाहेक गाडीको मूल्य २४ लाख राखेको छ । शनिबार साँझ मेची पुलबाट प्रहरीले १ लाख ५१ हजार मूल्य बराबरको सामान पनि बरामद गरेको थियो ।

अलग–अलग दुई स्थानबाट बरामद भएका सामान र गाडीको २९ लाख ५० हजार एकसय रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर