Kanakai Online

सहारा नेपालले पायो अन्तराष्ट्रिय पुरस्कार


शुक्रवार, भदौ २१, २०८१ |

कनकाई अनलाईन
इण्डोनशियाको बालीमा एसोसिएसन अफ कन्फेरेडेसन अफ क्रेडिट यूनियन (अकु)को आयोजनामा भएको कार्यक्रममा सहारा नेपाल साकोस लाइफटाइम सर्पोटर मेम्बरको रुपमा सम्मानित भएको छ । संसारभरमा २० बटा भन्दा बढी मुलुकका उत्कृष्ट सहकारी संस्थाहरुका प्रतिनिधि सहभागी कार्यक्रममा संस्थालाई सो अवार्ड प्राप्त भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।


उहाँका अनुसार सो अवार्ड संस्थाका तर्फबाट संस्थाका अध्यक्ष हरीबहादुर राजबंशी लगायतले ग्रहण गर्नुभएको थियो । सो अकु फोरममा अध्यक्ष राजबंशी, कार्यकारी प्रमुख गिरी, संचालक समितिका प्रथम उपाध्यक्ष छबिलाल खतिवडा, सदस्य नेत्रबहादुर नेपाल, उप निर्देशक दिनेशबहादुर निरौला, मातृका सुबेदी लगायतको सहभागिता रहेको छ ।
नेपालको सबैभन्दा ठुलो सहकारीको रुपमा स्थापित भएको सहारा नेपाल साकोसले यसअघि सन् २०१२ मा अकुबाटै क्यूमी पर्फमेन्स अवार्ड, स्मार्ट सर्टिफिकेशन अवार्ड प्राप्त गरिसकेको छ भने स्वावलम्बन विकास केन्द्को तर्फबाट नेपालमा उद्यमशलिता विकास पुरस्कार पाइसकेको छ ।


काँकडभिट्टामा नाकाबाट ४ लागुऔषध कारोवारी पक्राउ
कनकाई अनलाईन
पूर्वीनाका काँकडभिट्टाबाट लागूऔषध सहति १ भारतीय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार साँझ आधा घण्टाभित्र लागूऔषधसहित मेची पुलमा चारजना पक्राउ परेका छन् ।

बिहिवार साँझ ७.४५ बजे मेचीनगर– ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँचथर फिदिम नगरपालिका वडा न. १० स्थायी वतन भई हाल मोरङ बेलबारी नगरपालिका वडा न. ४ बस्ने २८ वर्षीय बिरेन लोवालाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा १० ग्राम ६७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै साँझ ७.३० बजे मेची पुलमा भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका भारतको पश्चिम बंगाल जिल्ला जलपाइगुडी बाँदरहाट बस्ने २२ वर्षीय मनोज शर्मा १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै साँझ ७.५५ बजे मेची पुलमै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक नगरपालिका वडा न.९ बस्ने २४ वर्षीय तिलक मग्रान्ती १ ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै राति ८ बजे मेची पुलमै सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. १ सिसुवारी बस्ने २२ वर्षीय एलन बिष्टलाई ७ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।