कनकाई अनलाईन
शिवसताक्षी । झापाको शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षकलाई सम्मान साथ घर सम्म स्कटिङ्ग गरेर विदाई गरिएको छ । आजबाट शिक्षण पेशाबाट सेवा निबृत्त हुनु भएका शिक्षक श्रीप्रसाद खरेललाई विद्यार्थीहरुले गाडीमा राखी बजार परिक्रममा गराई घरसम्म स्कटिङ्ग गरेर पुर्याएका हुन् ।
शिक्षक खरेल वि.सं. २०४१ आश्विन २४ गतेबाट आफु जलेर अरुलाई प्रकाश छर्ने शिक्षण पेशमा शिवसताक्षी दुधे कै सतासी प्राथमिक विद्यालयबाट शिक्षण पेशामा प्रवेश गरेका थिए । २०४८ साल मंसिर १ गतेदेखि प्रावि तहमा स्थायी र २०५७ साल चैत्र १ गतेदेखि श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा सरुवा भएर आउनु भएको थियो ।
२०६१ साल बैसाख ३१ गते मावि तहमा कार्यरत रहँदा २०६३ सालदेखि भानु मावि लालझोडमा ४ वर्ष अध्यापन गराई २०६७ सालमा पुन राष्ट्रिय रमणीयमा अध्यापन गराउन थाल्नु भयो । लामो समय शिक्षण पेशामा लाग्नु भएका शिक्षक खरेल मावि तह द्वितीय श्रेणीमा रहँदा सेवा निबृत्त हुनु भएको हो । आफुले ३९ वर्ष ०८ महिना २४ दिन सेवा गरेको स्वयम शिक्षक खरेलले जानकारी दिए । खरेलसामाजिक विषयका शिक्षक हुन् ।
खरेलले आफु विदाई हुँदा विद्यालय परिसरमा आफ्नो दिवंगत पिताका सम्झानामा फुलको विरुवा रोपेका छन् । आज बुबाको मुख हुेर्ने दिन परेकोले पनि खरेलले पिताको सम्झाना विरुवा रोपेको बताए ।
शिक्षक खरेललाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले फुल माला, सहित मायाको चिनो प्रदान गरेका थिए ।
खरेलले लामो समयमा शिक्षण पेशामा रहेकाले केही समय आराम गर्ने र बाँकी समय सामाजिक सेवामा लगाउने बताएका छन् ।
शिक्षक विदाईमा शिक्षक गोविन्द काफ्ले, लीला गेलाल र राजकुमार ठाकुरले विदाइ मन्तव्य राखेका थिए, भने प्रअ लालमणी सुवेदीको अध्यक्षता र सञ्चालन अम्मिता राईले गरेका थिए ।