Kanakai Online

कञ्चनजंघा बहुदेश्यीय सहकारीको ८४ लाख बढी खुद नाफा


मङ्गलवार, भदौ १८, २०८१ |

कनकाई अनलाईन
शिवसताक्षी । झापाको शिवसताक्षीमा कञ्चनजंघा बहुुदेश्यीय सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कञ्चजंघाले शिवसताक्षी ८ डुडाँमारीमा इकाईगत साधारण सभा सम्पन्न गरेको हो ।


झापाको दमक मुख्य कार्यालय रहेको सहकारीले झापा र इलाम कार्य क्षेत्र बनाई मा ७ ओटा सेवा केन्द्र विस्तार गरिसकेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष मणीकुमार भण्डारीले सञ्चालक समितिको प्रतिवेदन बाचन गर्र्दै आ.व. २०८०÷०८१ संस्थाले ८४लाख २९ हजार ६५० खुद नाफा कमाएको बताए । उनले संस्थाले हाल सम्म गरको प्रगति र भावि योजनाहरुको बारेमा समेत प्रष्ट पारेका थिए । संस्थाले सदस्यहरुको हात हातमा दिएको प्रतिवेदनलाई राम्रो सँग अध्ययन गरी जिज्ञासा सहित सुझाव पेस गर्न समेत सदस्यहरुलाई सुझाएका अध्यक्ष भण्डारीले सुझाएका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनले वि.स. २०१० सालबाट सहकारी विभाग हुँदै २०१३ सालमा सहकारी संस्थाको रुपमा सञ्चालन भई हाल सम्ममा सहकारीले सामाजिक र आर्थिक रुपमा विकास गरेको बताए । संस्थाले ग्रामिण भेगमा रहेर नागरिकको जीवन स्तर उकास्न मुख्य भुमिका खेलेको भन्दै थोरै थोरैे बचत गरेर मानिसको जिविको पार्जनमा टेवा पुगेको बताए ।
संस्थाले हालसम्मको कुल चुक्ता शेयर पुँजी ६ करोड ५१ लाख ७५ हजार, कुल बचत संकलन ५३ करोड,७४ लाख, ३४ हजार ९८९ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले ६३ करोड १० लाख, ७० हजार ऋण लगानी गरेको छ ।
संस्थाले डुडाँबारी सेवा केन्द्रका नयाँ बचत कर्ता तर्फ प्रर्मिला थुलुङ राई, नियमित बचततर्फ आइन्द्र आङदेम्बे, पेन्सन बचततर्फ लक्ष्मी खत्री, महिला बचत तर्फ संगीता राई र असल कर्जा तर्फ सुष्मा तामाङ्गलाई सम्मान गर्ने घोषणा गरेका छ । उनीहरुलाई केन्द्रिय कार्यालय दमकमा हुने माइनुट प्रमाणिकरण कार्यक्रममा सम्मान गरिने संस्थाले जनाएको छ ।
साधारण सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य नरेन्द्र दाहालले प्रस्तुत गरेका थिए ।