कनकाई अनलाईन
बिर्तामोड । झापाको दमक –५ मा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सकारी सस्था लिमिटेडले बिर्तामोड सेवा केन्द्रको इकाइगत साधरणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता तथा बिर्तामोड –४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड सेवा केन्द्र संयोजक देवीप्रसाद भट्टराईले स्वागत गरेका थिए । कार्यक्रममा अध्यक्ष न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै अन्य सहकारीभन्दा डाँफे सामुदायिक सहकारीले वेग्लै पहिचान बनाएको बताए ।
डाँफे साकोसले दमकमा रबर खेती शुरु गरेको जानकारी दिँदै उनले सहकारीले आफ्ना सहकारीमा विभिन्न वाल वचत खाताहरु सञ्चालनमा रहेको तथा आफ्ना सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई लक्षित गरि सहकारीले तालिमको आयोजना गर्ने, आफ्ना सदस्यहरु विरामी पर्दा सहकारीले सल्यक्रिया खर्च प्रदान गरेको, प्राणघातक रोग लाग्दा समेत उपचार खर्च दिदै आएको जानकारी दिए ।
अध्यक्ष न्यौपानेले डाँफे साकोसले महिला सदस्यहरुका लागि तीज विशेष बचत खाता लगायात सञ्चालन गरिरहेको बताए । उनले सहकारीमा राम्रो कारोबार गर्ने शेयर सदस्यहरुलाई ग्रिन कार्डको समेत व्यवस्था गरी विशेष सुविधा प्रदान गरिएको बताए । डाँफे साकोसले शेयर पुजी ७ करोड, ३३ लाख ६२ हजार ६ सय रुपैँया, बचत ६६ करोड १२ लाख ७ हजार नौ सय ७७, ऋण लगानी ६२ करोड, ६५ लाख ४३ हजार आठ सय ३७ रुपैयाँ, आम्दानी नौ करोड, ५१ लाख, आठ हजार ८ सय २३ रुपैयाँ, खर्च ८ करोड, ५८ लाख, ९१ हजार ४९ रुपैयाँ गरी यस आर्थिक बर्षमा कूल ९२ लाख १७ हजार ७ सय ७४ रुपैँया खुद नाफा कमाउन सफल भएको उनले बताए ।
कार्यक्रममा बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोड नगरपालिका सहकारी बिभाग प्रमुख मोहन सुबेदी लगायतले शुभकामना मन्तव्य राखेको बिर्तामोड सेवा केन्द्र प्रमुख जगन्नाथ अधिकारीले जानकारी दिए । संस्थाको सत्रौं वार्षिक साधारणसभा आगामी भदौ २० गते दमकमा हुने र त्यस दिन हुने माइन्युट प्रमाणित साधारणसभामा माइन्युट प्रमाणित गर्न बिर्तामोड सेवा केन्द्रबाट पुष्पराज खनाल र केदार खड्कालाई चयन गरिएको सेवा केन्द्र प्रमुख अधिकारीले बताए ।
संस्थाको वासलात ८३ करोड ५९ लाख ७८ हजार नौ सय ७३ रुपैयाँ भएको र संस्थाले २० गते हुने साधारणसभामा निष्कर्ष न्यूजका सम्पादक विष्णु पौडेललाई पत्रकारिता सम्मान, ज्येष्ठ नागरिक सम्मान, कर्मचारी पुरस्कार प्रदान गरिने तथा दुई जना विद्यार्थीको अभिभावकत्व समेत ग्रहण गरिने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रमको सञ्चालन बिर्तामोड सेवा केन्द्रका व्यवस्थापक टंक निरौलाले गरेका थिए ।