Kanakai Online

बिर्तामोडमा बसको ठक्करबाट महिला ठहरै


शनिवार, भदौ १५, २०८१ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

शनिवार आज साँझ ५.१० बजे बिर्तामोड नगरपालिका वडा नम्बर–५ स्थित हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटी गंभीर घाइते भई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा पाचकोटीको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

बस र बस चालक कनकाई नगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय हिमाल विश्वकर्मा र मोटरसाइकल चालक सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।