Kanakai Online

कनकाई नगरले निजि र सरकारी विद्यार्थीमा विभेद गर्दैन नगरप्रमुख पोखरेल


शुक्रवार, भदौ १४, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई शिक्षाको हव बनाउनका लागि कुनै कसर बाकी नराखेको बताउँनुभएको छ ।


आज कनकाई नगर ब्यासनद्धारा नवयुग शिक्षा निकेतन दुर्गापुरमा आयोजित अन्तर स्कुल इको प्रतियोगिता कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले कनकाई नगरपालिका मात्रै देशमा एउटा यस्तो नगरपालिका हो जसले निजि विद्यालय र सहकारी विद्यालय दुबैखाले विद्यालयमा अध्यान गर्ने विद्यार्थीहरुलाई खेलकुद लगायातका अतिरिक्त क्रियाकलापका लागि विना भेदभाव सहयोग गरिरहेको बताउँनुभयो । नगरपालिकाले कनकाईका. सबै विद्यालयहरुमा कविता लेखन, साहित्य खेलकुद शारिरीक तथा मानशिक वृद्धि विकास लगायातका सबै अतिरिक्त क्रियाकलापमा अन्तर विद्यालय कार्यक्रमका लागि नगरपालिकाले सहयोग गरिरहेकै बताउँनुभएको छ ।

यसको मुल उद्धेश्य भनेको सबै विद्यार्थीहरुमा कुनै न कुनै किसिमको गुणहरु आफुमा रहेको हुने र यसलाई अगाडि बढाउनका लागि स्थानीय सरकारले मद्धत गर्ने बताउँनुभयो । विद्यार्थीले जन्मदै आफ्नोखालको गुण लिएर आएको हुने र यसलाई प्रस्फुटन गर्न नगरपालिकाले मद्धत गर्ने बताउँनुभएको छ ।

पढेर मात्रै नहुने तर विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाका कारण अन्य खेल, व्यावसाय गरेर पनि जिविको पार्जन गर्न सक्ने भन्दै यसका लागि अतिरिक्त क्रियाकलाका लागि नगरले वातवरण श्रृजना गर्ने र कनकाईलाई शिक्षाको हव बनाउनका लागि नगरपालिका लागिपरेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । यसैविच जिल्ला स्तरीय विभिन्न हाजिरी जवाफ, कविता, र वक्तुत्वकला प्रतियोगितामा छनौट हुने र प्रथम दोस्रो र तेस्रो हुने कनकाईका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रम ब्यासन कनकाईका अध्यक्ष बिनोद सुब्बाको सभापतित्व तथा सचिव मोहन थापाको सञ्चालन कोषाध्यक्ष विनोद उप्रेतीले स्वागत गर्नुभएको थियो ।