Kanakai Online

झापाका चारवटा लायन्स क्लबको पदस्थापना वाटर किङडममा


शनिवार, भदौ ८, २०८१ |

कनकाई अनलाईन

लायन्स क्लव अफ कनकाई सुरुङ्गा सहित उसले मातृत्व प्रदान गरेको सबै झापाका लायन्स क्लवहरुको पदस्थापना एकसाथ झिलझिलेस्थित वाटर किङडममा भएको छ ।


झापाका तीनवटा लायन्स क्लबको र एउटा लियो क्लबको पदस्थापन संयुक्त रुपमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ कनकाई सुरुङ्गा, लायन्स क्लब अफ कनकाई दुर्गापुर, लायन्स क्लब अफ शिवसतासी र लियो क्लब अफ कनकाई सुरुंगाको पद हस्तान्तरण एउटै समारोहमा भएको हो ।
हिजो शुक्रबार झिलझिलेमा आयोजित संयुक्त समारोहमा वर्ष २०२४/०२५ का लागि नयाँ पदाधिकारीहरूले पद तथा गोपनियताको सफथ लिएका छन् ।

कार्यक्रमलाई कम खर्चिलो मितव्ययिता अपनाउने सन्देश प्रवाह गर्न, आपसी मेलमिलाप, भेटघाट, भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन लायन्स क्लब अफ कनकाई सुरुंगाले मातृत्व प्रदान गरेको क्लबहरूलाई एकै कार्यक्रममा जोडिएको लायन्स क्लब अफ कनकाई सुरुंगाका संस्थापक अध्यक्ष, हाल लायन्स क्लब अफ डिस्ट्रिक्ट सेकेन्ड गर्भनर लिलाप्रसाद चिमरियाले जानकारी दिए ।

लायन्स क्लब अफ कनकाई सुरुंगाका अध्यक्ष रुपनारायण खतिवडा, लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजाल, लायन्स क्लब अफ शिवसताक्षीका अध्यक्ष राजकुमार संग्रौला र लियो क्लबका अध्यक्ष सुदीप शर्मालाई कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर विकास अधिकारीले सफथ ग्रहण गराएका थिए ।

यस्ताखाले कार्यक्रम देशमै पहिलो पटक भएको भन्दै सबैले प्रसंसा समेत गरेका थिए । यता झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह तथा उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलियालाई समेत लायन्स क्लवमा प्रवेश गर्दै अध्यक्ष विकास अधिकारीले लायन्सको पिन प्रदान गर्नुभएको थियो ।