Kanakai Online

विश्वप्रसिद्ध कालिबाबा सुरुङ्गामा


आइतवार, भदौ २, २०८१ |

कनकाई अनलाईन
विश्वप्रसिद्ध धर्म गुरु श्री श्री श्री १००८ कालिदास कालिबाबा नेपालको एकमात्र बन्द निषेधित क्षेत्र सुरुङ्गा आउँनुभएको छ ।
यस क्षेत्रका सामाजिक व्याक्तित्व दिनेश शिवाकोटीको निमन्त्रणामा कालिबाबा विशेष हेलिकप्टरबाट आज काठमाण्डौबाट सोझै झापा सुरुङ्गा आउँनुभएको हो । कालिबाबा नेपालको झापामै जन्मेको भएपनि लामो समयदेखि भारतमै रहदै बस्दै आउँनुभएको छ भने उहाँका नेपाल तथा भारत र विश्वभर लाखौ अनुयायीहरु रहेका छन ।

कालिबाबा सुरुङ्गास्थित हेप्पीलैण्ड सेल्फी डाँडाँको हेलिीप्याडमा उत्रिएर सोझै पवित्र कनकाई धाम धार्मिक विकास संस्थाको अनुगमन गर्नुभएको थियो । कोटीहोम धार्मिक विकास संस्था स्वर्गीय युगपुरुष योगी नरहरिनाथले स्थापना गर्नुभएको स्थान हो । कालिबाबाका गुरु समेत रहनुभएका योगी नरहरिनाथले स्थापना गर्नुभएको यस पवित्र स्थानको कालिबाबाले धार्मिक भ्रमण समेत गर्नुभएको छ । सोही अवशरमा कनकाई धाम धार्मिक विकास संस्थाले कालिबाबालाई अभिनन्दन समेत गरेको छ । धामका अध्यक्ष शेरबहादुर थापाले बाबालाई अभिनन्दन गर्नुभएको हो ।