कनकाई अनलाईन
झापामा पुन विषालु सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । झापामा सर्पदंशको उपचार केन्द्रहरु धेरै स्थानमा खुलेको भएपनि सर्पले टोकेर घाईतेहरुको ज्यान भने जान छाडेको छैन ।
केहि दिन पहिले मेचीनगरमा सर्पले डसेर एक युवाको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरीपनि आज बिहान बिर्तामोड– ७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो । आईतवार बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो ।
त्यसपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिहान ९.२५ बजे उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरी प्रमुख बिष्टले बताउँनुभयो ।