कनकाई अनलाईन
भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालले डिएनए टेस्ट सेवाको सुरूवात गरेको छ ।
३ महिना अगाडि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रममार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट भद्रपुरमा नेपालमै पहिलो पटक डिएनए टेस्ट सेवा थालेको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलका अनुसार ६ वर्ष अगाडि अमेरिकाबाट सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा मानव जीवनमा एक पटक मात्र टेस्ट गर्दा सवै पक्षको जानकारी दिने डिएनए टेस्ट सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको अस्पतालको दावी रहेको छ ।
अध्यक्ष पोखरेलका अनुसार दुई वर्षमाथिका मानिसको परीक्षण हुने डिएनए टेस्टले मानिसका शरीरमा भइरहेका तथा हुन सक्ने रोगको बारेमा जानकारी दिने हुँदा शरीरभित्रका रोगको पहिचान गरी उपचार सेवाको अवसर मिलाउन सकिने छ ।
डिएनए टेस्ट सेवाका विज्ञ डा. आर्सी मौलेका अनुसार छिमेकी भारतमा दुई वर्षयता सुरू भएको डिएनए टेस्ट जीवनमै एक पटक मात्र गरिने परीक्षण रहेको जानकारी दिए ।
डा. मौलेका भनाइमा यो टेस्टमा १३१ प्रकारका परीक्षण हुने भएकाले मानव शरीरका लागि आवश्यक तत्व, वंशाणु परम्परागत रोग, भविष्यमा आउन सक्ने रोगका बारेमा ९९.९९ प्रतिशत विश्वसनीय रिपोर्ट आउँछ ।
१६५ प्रकारका औषधी उपचारका क्रममा शरीरले स्वीकार्छ वा स्वीकार्दैन भन्ने तथ्य समेत डिएनए टेस्टबाट पत्ता लाग्ने जानकारी दिँदै डा. मौलेले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारी लिनका लागि एक पटक परीक्षण गर्नैपर्ने बताए ।