Kanakai Online

केरा पकाउने मेशिनले काम नगर्दा कृषकको लाखौको क्षति


शनिवार, साउन २६, २०८१ |

कनकाई अनलाईन
झापाको झापा गाउँपालिका–३ स्थित साधना संस्कृति नमुना कृषि प्रालिको केरा पकाउने मेशिन राइपनीङ चेम्बरले काम नगर्दा यहाँ उत्पादित लाखौंको केरामा क्षती पुगेको छ ।


चेम्बरमा पकाउन हालिएका एक हजार चार सय सैतीस घरी केरामा क्षती पुग्दा करिब नौ लाख चौतीस हजार पचास रुपैयाँ बराबरको क्षती भएको कृषकको गुनासो रहेको छ ।

चेम्बरमा विद्युतिय समस्या भएर चेम्बर बन्द हुँदै चल्दै गर्दा केरामा क्षती पुगेको साधना संस्कृति नमुना प्रालिकी अध्यक्ष लक्ष्मी तिम्सिनाले बताउँनुभयो । तिम्सिनाका अनुसार केराको काचो तथा पाकेको घरीमा क्षती पुगेर कामै नलाग्ने भएको छ । करिब २५ लाख खर्चेर राइपनिङ चेम्बर त बनाइयो,तर अहिले नौ लाख बढीको क्षती हुँदा समस्यामा परियो ‘ तिमसिनाले भन्नुभयो ।

यस कम्पनीले बिगत लामो समय देखि झापा गाउँपालिकामा केरा खेती गर्दै आएको छ । करीब ३० बिगाहमा फैलिएको केरा खेतीमा यहाँ उत्पादित केरा भाटभटेनीका कोशी प्रदेश शाखाहरु,बिर्तामोड,दमक,सुरुङ्गा लगायत क्षेत्रहरुमा बिक्री हुँदै आइरहेको थियो । भने यस क्षेत्रका कृषकहरु संगठित रुपमा केरा खेती गर्दै आइरहेका थिए ।