Kanakai Online

झापामा आधा भन्दा बढी हतियार नविकरण भएनन


शनिवार, साउन २६, २०८१ |

कनकाई अनलाईन
झापामा दर्ता रहेका आधा भन्दा बढी हातहतियारहरु नविकरण भनएको जिल्ला प्रशासन कार्यालय झापाको बार्षिक विवरणमा देखिएको छ ।
झापा जिल्लामा हालसम्म साना ठुला गरि कुल ८५७ जनाले हतियार राखेको विवरण देखिएको छ । तर नियमित नविकरणका लागि भने हालसम्म ३१३ जनामात्रै जिल्ला प्रशासन कार्यालयमा आएको देखिएको छ । बाकीले भने हालसम्म पनि हतियार नविकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय झापाका सहयाक प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपालले बताउँनुभयो ।
यसरी हतियार राखेर नविकरण नगरेमा दोब्बर दस्तुर देखि लिएर त्यो भन्दा पनि बढी रकम विलम्ब शुल्क बुझाएर नविकरण भने गर्न पाइने कानुनी प्रावधान रहेको छ । झापामा आफ्नो सुरक्षा संवेदनशीलता देखाएर हतियार राख्नका लागि निवेदन परेको खण्डमा हातहतियार बन्दुक राख्न दिने कानुनी प्रावधान रहेको छ । तर घरमा हतियार राख्ने नागरिकले समयमा आफ्नो हतियारको विवरणका वारेमा जानकारी र समयमै कर तिर्नुपर्ने भएपनि झापामा भने यसो नगरिएको पाइएको हो । यस अघि कतिपय नागरिकले हतियार द्धन्द्धकालमा खोसिएको तथा नष्ट्र भएको भएपनि सोका वारेमा नागरिकले जिल्ला प्रशासनमा जानकारी सम्म नगराएको हुनाले समेत जिल्ला प्रशासनको रेकर्डमा उक्त हतियार सम्बन्धित नागरिकसगै रहेको तथ्याङ्क रहेको पाइएको झापा जिल्ला प्रशासनको सुचना अधिकारी समेत रहनुभएका नेपालले बताउ्रँनुभयो ।
फोटो ः जिल्ला प्रशासन कार्यालय झापा तस्वीर लीलाराज झापाली