Kanakai Online

कनकाईका जनप्रनिधिलाई न्याय मेलमिलाप तालिम


आइतवार, साउन २०, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रम भएको छ । कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरको सभाहलमा आज (आइतवार) कार्यक्रम भएको हो ।

नगरकी न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

झापा जिल्ला न्याधिश अशोककुमार बस्नेत, झापा बार एशोशिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा न्याय तथा मेलमिलाप कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी वडा न ३का अध्यक्ष युवराज चौलागाईंले न्यायीकका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो ।

स्वागत नगर न्यायिक समिति सदस्य नवलकिशोर दत्तले गरेको उद्य्घाटन कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य तथा कनकाई २ का वडाध्यक्ष बलराम राई (प्रताप) ले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल ,नगरका कानुन अधिकृत तथा अधिभक्ता भूपेन्द्र बस्नेत, नगर तथा वडाका न्यायिक समितिका पदधिकारी तथा सदस्य, वडाध्यक्षहरु, जनप्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।
तालिममा कानुनमा रहेका विद्यमान अवस्था, घरेलु हिंसा, हिसांका प्रकार, कानुनी उपचार विधि प्रक्रिया र निशुल्क कानुनी सहायता लगायातका विषयमा जनप्रतिनिधि, कर्मचारी र न्यायिक समितिका सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।