Kanakai Online

कचनकवलका अपाङ्ग असक्तलाई सहयोगी साधन


आइतवार, साउन २०, २०८१ |

कनकाई अनलाईन
झापाको कचनकवल गाउँपालिकाले आफ्ना अपाङ्ग असक्त असहाय नागरिकलाई सहयोगी सामाग्री प्रदान गरेको छ ।
विशेष कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष कालेन्द्रसिंह राजवंशी, उपाध्यक्ष नबराज भट्टराई, इलाका प्रहरी कार्यालय बनियानीका प्रमुख प्रविणकुमार भट्टराई लगायातले पालिकाभित्र रहनुभएका ३१ जना अपाङ्ग, असक्त नागरिकलाई सहयोगी सामाग्री प्रदान गर्नुभएको हो ।

गाउँपालिका परिसरमा आईतवार आयोजित कार्यक्रममा असक्त अपाङ्ग नागरिकलाई विभिन्न सहयोगी सामाग्रीहरु ह्वील चियर लगायातका सामाग्रीहरु प्रदान गरिएको हो । आफ्ना नागरिकहरुको जीवनलाई केहि हदसम्म भएपनि सहज बनाउने उद्धेश्यले पालिकाले खरिद गरेर सामाग्री बितरण गरेको पालिका अध्यक्ष राजवंशीले बताउँनुभयो ।