Kanakai Online

सरकारी सवारी चालकद्धारा मुख्यमन्त्रीलाई ध्यानआकर्षण


आइतवार, साउन २०, २०८१ |

कनकाई अनलाईन
शुक्रवारका दिन सरकारी सवारी चालक एसोसिएसन नेपालले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

ध्यानाकर्षण पत्रमा तल्लोदर्जाका श्रेणीविहीन कर्मचरी हरुका लागि नेपाल सरकारले २०५७÷५८ सालबाट विभेदकारी निर्णय गरि लोकसेवा आयोग द्वारा स्थाई नियुक्ति नगर्ने निर्णय गरेको र सो पछि मुलुकमा नयाँ सम्विधान निर्माण भई लागू भए पस्छ्यात मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थायित्व पछि पनि भुई कर्मचारी को भविष्यमाथि सरकार ले बेवास्ता गरेको जनाइएको छ ।

संस्थाका अध्यक्ष झट्ट ब.खड्काले जानकारी दिएअनुसार स्थानीय सरकारी सेवा गठन तथा संचालन ऐन२०८० को परिच्छेद ३को दफा १६ को उपदफा ग“ को ३ मा समेत नयाँ संविधान आए पछि पनि नसमेटेको संस्थाको सल्लाहकार संयोजक तथा कनकाई नगरपालिकाका सवारी चालक रोहित कोईरालाले बताए । संस्थाको महासचिब खेमराज नेपालले ध्यानाकर्षण पत्र पढेर सुनाउनु भएको थियो भने सो ध्यानाकर्षण पत्र बुझाउन झापाका सम्पुर्ण सरकारी कार्यालयका सरकारी सवारी चालकहरु एक एक जनालेको उपस्थिति रहेको कोशी .प्रदेशको एक मात्रै महिला एम्बुलेन्स चालक (दमक नपा.बाट संचालित) सरकारी सवारी चालक एसोसिएसन को कोषाध्यक्ष लिला वस्थाकोटीले जनकारीले जानकारी दिनुभयो । सवारी चालक सहित श्रेणिविहिन कर्मचारी लाई जिम्मेवार र उनिहरुको भविष्यको सुरक्ष का निमित्त पनि सरकारले लोकसेवा प्रकृया बाट स्थाई वनाउने कार्य गरे मात्रै नियायोचित हुने उपाध्यक्ष पवन राजवंशी ले वताउनु भयो कार्यालय समय पछि समय मिलाएर सो ध्यानाकर्षण पत्र बुझाएको हो बिगतमा जिल्ला निर्वाचन कार्यालय का सवारी चालक दुर्घटनामा परि मेरुदण्ड भाचिएर ओछ्यानमा हाल सम्म हुदा होस वा दमक नपा.का सवारी चालक प्रकाश भण्डारी जो नगर प्रमुखलाई लिएर बिराटनगर कार्यक्रममा जादा उनको सोही कार्यक्रममा रहेकै बखत हृदय घात भई मृत्यु भएको थियो । कानुन नभएकै कारणले सवारी चालक ले पाउने सेवा सुबिधा बाट धेरै कुरामा पछि परेको संस्थाका महासचिब ले जानकारी दिए सवारी चालक हरुका यस्ता धेरै पिढा र दुखमा यो संस्थाले खाद्यान्न सहित रकमको सहयोग गरेको संस्थाको सदस्यीय ललित थापाले जानकारी दिइन ।