Kanakai Online

फिक्स डिपोजितको रसिद नक्कली, प्रभु बैँक


आइतवार, साउन २०, २०८१ |

कनकाई अनलाईन
प्रभु बैंक लिमिटेड बिर्तामोड शाखामा मञ्जु कुमारी नेपालले ‘फिक्स डिपोजिट’ गरेको रकमको भौचर, रसिद र ब्यालेन्स सर्टिफिकेट सबै नक्कली भएको प्रभु बैँकले जनाएको छ ।


बैँकको कोशी प्रदेश प्रमुख बद्रीकुमार कटुवालले आईतवार विज्ञप्ति जारी गर्दै केही दिन पहिले बिर्तामोडकी मन्जुकुमारी नेपालको बैँकबाट हराएको भनिएको १ करोड १७ लाख रुपैँयाको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको हो ।
बैंकले विज्ञप्ति जारी गर्दै बिर्तामोड निवासी मञ्जु कुमारी नेपालले ६ महिनाअघि १ करोड १० लाख रुपैयाँ बिर्तामोड शाखामा जम्मा गरेको भनेपनि कागजात नै नक्कली भएको जनाएको छ ।
प्रभु बैंक लिमिटडले नेपालले मुद्दति रसिदको रकम फिर्ता पाँऊ भनि पेश गरेको निवेदन बमोजिमको रकम सम्वन्धित शाखामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा मुद्दति रकम, ब्यालेन्स सटिफिकेट र स्टेटमेन्ट वैंकबाट जारी गरिएको नभई अनाधिकृत एवम् नक्कली रहेको प्रारम्भीक रुपमा देखिन आएको र सो सम्वन्धमा थप छानविन भइरहेको उल्लेछ गरेको छ । साथै बैँकको नक्कली रसिद, भौचर र ब्यालेन्स सर्टिफिकेट जारी गर्नेको खोजी र छानविन भईरहेको र चाडै कार्वाही गरिने समेत बैँकले जनाएको छ । केहीदिन पहिले मात्रै झापा बिर्तामोडका टिकाराम नेपालले आफ्नी श्रीमती मन्जुको नाममा राखेको १ करोड १७ लाख रुपैँया नगद बैँकबाट गायब भएको भन्दै पत्रकार सम्मेलन गर्नुभएको थियो । उक्त समाचार बाहिरिएसगै बैँकका मार्केटिङ्ग मेनेजर प्रमोद सिटौला फरार हुनुभएको थियो । सिटौलाको अन्तिम मोवाईल लोकेशन काँकडभिट्टामा देखाएको कारण उनी भारतमा लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।