Kanakai Online

झापा गाउँपालिकामा लागुऔषध सहित एक भारतीय पक्राउ


बिहिवार, साउन १७, २०८१ |

कनकाई अनलाईन
नेपाल भारत सिमास्थित झापा गाउँपालिका ४ टाघनडुब्बा क्षेत्रबाट लागुऔषध ब्राउन सुगर सहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार साँझ ५ बजे झापा गाउँपालिका वडा न. ४ टाँघनडुब्बास्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत किसनगंज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत वडा न.१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

उनलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदैं गरेको १६.८३ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताउँनुभयो ।