Kanakai Online

प्रभु बैंकको ठगि धन्दा ग्राहकको १ करोड १७ लाख गायब मेनेजर फरार


बिहिवार, साउन १७, २०८१ |

कनकाई अनलाईन
झापा बिर्तामोडको प्रभु बैँकमा ग्राहकले राखेको १ करोड १७ लाख रुपैँया रकम खाताबाटै गायब भएपछि पिडित परिवारको विचल्नी भएको छ ।
बिर्तामोड –५ स्थति मम फ्याक्ट्रीका संचालक टीकाराम नेपालले आफ्नो श्रीमती मन्जु नेपालका नाममा रहेको प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १७ लाख रुपैयाँ गायब गरएिको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरि बताउँनुभएको छ ।

बिर्तामोड निवासी नेपालले श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मतिमिा प्रभु बैंकको बर्तिामोड शाखामा १ करोड १९ लाख रुपैयाँ जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जादा आफ्नो खातामा २ लाख मात्र जम्मा देखएिको पत्रकार सम्मेलनमा बताउँनुभयो । पत्रकार सम्मेलनमा नेपालले आफुले जम्मा गरेको रकमको भौचर र बैँकले आफुलाई प्रदान गरेको प्रमाणहरु समेत पत्रकार सम्मेलनमा देखाउनुभएको थियो ।

बैंकका मार्केटङि म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सटिौलाले आफूले जम्मा जम्मा गरेको रकम नियतबश हिनामिना गरि आफ्नो दुईवटै मोबाइल स्वीज अफ गरेर सम्पर्कवहिीन बनेको नेपालको भनाई रहेको छ । उनीबरिुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ । त्यसबारे बैंकका प्रवन्धक गणेशबहादुर बरालले नेपालले ब्यक्तिगत उजुरी हालेको बताउँदै बैंकले पनि केन्द्रलेवलबाटै छानबनि समति बनाईसकेकोले यसवारेमा चाडै केन्द्रिय छानविन समितिले बिर्तामोडमै आएर छानविन थाल्ने बताउँनुभयो । नेपालले आफ्नो रकम गायव भएको वारेमा बैँकमा गएर सम्पर्ग राखेपछि म्यानेजर सिटौला आफ्फै नेपालको घरमा आएर जागिर जोगाईदिनुपर्यो गल्ती मबाट भयो भनेको तर उनी घरमा झोला समेत छाडि हिडेपछि फेरि सम्पर्कमा नआएको नेपालको गुनासो छ । उनले घरमा छाडेको झोला प्रहरीलाई बुझाइसकिएको समेत नेपालले बताउँनुभयो । झोलामा सिटौलाले अन्य व्यक्तिको रकम झिकेको भौचर चेक लगायात रहेको थियो ।

यता इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा विद्यालयका सहयोगी कर्मचारी रोषन मल्लिकलाई पक्राउ गरेको छ ।
झापा मेचीनगर— ६ काँकरभिट्टा निवासी मल्लिकलाई विद्यालयको रकम बैँक खाताबाट झिकेर अपचलन गरेको अपराधमा पक्राउ गरिएको हो । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल बिष्णुलाल पाण्डेको किर्ते हस्ताक्षर गरेर पटक पटक गरी चारलाख १८ हजार रूपैयाँ निकालेको भेटिएपछि विद्यालयको उजुरीका आधारमा मल्लिकलाई काँकरभिट्टा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मल्लिक अहिले काँकरभिट्टा प्रहरी हिरासतमा छन् ।

पहिलो पटक २०८० चैत ७ गते ४० हजार रुपैयाँ प्रधानाध्यापक न्यौपाने र लेखापाल पाण्डेको किर्ते हस्ताक्षर गरेर निकालेको खुलेको छ । त्यसपछि पछिल्लो पाँच महिनामा २०औँ पटकसम्ममा उक्त चार लाख १८ हजार रुपैयाँ किर्ते हस्ताक्षर गरी निकालेको विद्यालयले जनाएको छ । मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखाबाट चैत ७ देखि साउन ७ गतेसम्म २० पटक चेक काटेर पैसा निकालेको विद्यालयले जनाएको छ । विद्यालय स्रोतका अनुसार पाँच हजारदेखि बढीमा ४३ हजारसम्म किर्ते हस्ताक्षर गरी चेकबाट पैसा निकालेका थिए ।