Kanakai Online

साउनको दोस्रो सोमबार, कोटीहोममा धार्मिक पदयात्रा सहित जलार्पण


सोमवार, साउन १४, २०८१ |

साउन महिनाको प्रत्येक सोमबार पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई धामस्थित कोटीहोममा दर्शनार्थीको ठूलो भीड लागेको छ।

साउनको अघिल्लो सोमबार जस्तै दोस्रो सोमबार समेत पवित्र कनकाई नदिबाट ल्याएको जल कोटीहोमस्थित शिवमन्दिरमा चढाउँन दर्शनार्थीको भीड लागेकोहो ।कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा धाम परिसरमा कनकाई आरती, ताण्डव नृत्य,रुद्रभिषेक हवन साथै किर्तन भजनसहित जलार्पण गरिएको हो ।

जलार्पणका लागि सुरुङ्गादेखि पवित्र कनकाई माइसम्म पैदलयात्रामा सहभागी भएका भक्तजनहरुले कनकाई आरतीको अवलोकन गरेका थिए ।सनातन हिन्दु राष्ट्रकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल सनातन धर्म संस्कृति संगठनद्वारा धार्मिक पदयात्रा सहित जलार्पणको कार्यक्रम गरिएको राप्रपा कनकाई नगर समिति अध्यक्ष टिकाराम बरालले जानकारी दिए ।

“हुँदैन शक्ति टुटेर, नेपालीहामी फुटेर, धर्ममा हमला भएको छ, संरक्षण गरौं जुटेर”भन्ने नाराका साथ राप्रपा कनकाई नगर समितिले धार्मिक पदयात्राको संयोजन गरेको बताइएको छ । नेपाल सनातन धर्म संस्कृति संगठन कनकाई नगरसमितिका संयोजक टिकाराम निरौलाको संयोजकत्वमा धार्मिक पदयात्रा सम्पन्न भएको जनाइएको छ ।पदयात्रामा राप्रपा केन्द्रिय समिति सदस्य श्यामओली र खुश्वु ओली, कोशी प्रदेशका महासचिव कुमार भट्टराई, झापा जिल्लाअध्यक्ष केशव ओझा, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन सहित जिल्ला, क्षेत्र साथै नगरस्तरीय राप्रपाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको कनकाई धामका धार्मिक उपाध्यक्ष समेत रहेका राप्रपाका नेता प्रकाश थापाले जानकारी दिए ।

हरेक सोमबार बिहान७ बजेदेखि नै रुद्रभिषेक हवन साथै स्थानीय कलाकारहरुसहित विभिन्न किर्तन भजन मण्डलीबाट विशेष किर्तन भजनको कार्यक्रम तय भएको आयोजक कनकाई धाम धार्मिक विकास संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल खतिवडाले जानकारी दिए ।कार्यक्रममा स्थानीय कलाकार माधव भेट्वालबाट प्रस्तुत भएको ताण्डव नृत्यले उपस्थित भक्तजनहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो भने कनकाई— ३ सुरुङ्गास्थित रामजानकी किर्तन भजन समूह साथै पाथिभारा किर्तन भजन समूहबाट आकर्षक किर्तन भजन प्रस्तुत भएको बताइएको छ । सोहीअवसरमा स्थानीय लोकप्रिय भजन गायक दुर्गा ओली सहितको टिमले थप मनोरञ्जन प्रदान गरेको संस्थाका महासचिव दिननाथ खतिवडाले जानकारी दिए ।

साउन महिनाको प्रत्येक सोमबार ब्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेका कारण यस विशेष अवसरमा कनकाई धाम धार्मिक विकास संस्थाले जलार्पणको कार्यक्रमलाई थप व्यवस्थित बनाएको संस्थाकी पर्यटन उपाध्यक्ष अम्बिका खरेलले कनकाई खबरलाई बताएकी छन् । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्ने गरेको पाइन्छ ।