Kanakai Online

रेलको डिब्बाबाटै कनकाईका लिम्बु भारतमा वेपत्ता, परिवारमा रुवावाशी


सोमवार, साउन १४, २०८१ |

कनकाई अनलाईन
सुरुङ्गा । घरको कमजोर आर्थिक अवस्थाका कारण कमाउन छिमेकी मुलुक भारततर्फ लागेका झापा कनकाई नगरपालिका ५ नारायणदल चौकका ४० बर्षिय तेजप्रकाश लिम्बु १ महिना ७ दिन वितिसक्दा पनि सम्पर्गमा नआएपछि घरमा रुवावाशी चलेको छ ।


लिम्बु आफ्ना छिमेकी साथी राजु मगरको साथ लागेर गत असार ४ गतेका दिन जलपाईगुडीबाट रेल चढेर भारतको मुम्बईतर्फ लागेका स्थानीय जनप्रतिनिधि समेत रहनुभएका डिल्ली उप्रेतीले बताए । उनी असार ४ गते राती करिव १२ बजेतिर रेलमा चढेकोमा ५ गते विहान उनका साथी राजु मगरले मध्यप्रदेश सपना स्टेनमा पुग्दा रेलको डिब्बामा लिम्बुलाई नदेखेपछि मगर पनि अत्तालिएर खोजी गर्दा लिम्बुलाई नभेटेको बताएको उप्रेतीले बताए । सोही दिनदेखि भारत तथा नेपालका सबै ठाउँमा खोजीगर्दा पनि प्रकाशको पत्तो नलागेको प्रकाशका काका तारा लिम्बुले बताए । भतिज हराएको भनिएको महिनादिनपछि उसले लगेको कपडा मोवाईल र ब्याग घरमा आइपुग्यो तर भतिज आएनन् आज आउला भोली आउला भन्दा भन्दै महिना दिन र एकसाता वितिसक्यो घर परिवार सबै आशुमा डुबेका छौ जसले देखेपनि खबर गरिदिनुहोला काका तारा लिम्बुले कनकाई साप्ताहिकसामु भन्नुभयो ।
यता आफ्नो र परिवारको एकमात्र कमाएर ल्याउने घरमुलिनै हराएपछि परिवारमा आशु नथाम्मिएको तृेजप्रकाशकी श्रीमती सावित्राले बताइन ।
घरमा ८६ बर्षिय बृद्ध बाबा र २ साना छोरा छन उनीहरु समेत बाबा हराएको दिनदेखि निदाउन सकेका छैनन अर्काको देशमा कहाँ र कुन अवस्थामा रहनुभएको छ हामीलाई चिन्तित बनाएको छ । जसले उहाँलाई देख्नुभएपनि हामीलाई खबर गरिदिनुहोला श्रीमती सावित्राले बताउँनुभयो ।

https://fb.watch/tCh-CAJ_tq


बबा हराएको दिनदेखि ५ र १० कक्षामा अध्यान गर्ने दुई छोराहरु स्कुल समेत जान छाडेको र दिनहु रुनेक्रममा आखाको आशुसमेत सकिन लागेको भन्दै आफ्ना श्रीमानलाई चाडो घर फर्किन श्रीमती सावित्राले अनुरोध गर्नुभएको छ ।
यता आफ्ना पिता हराएको खबर सुनेदेखि आफु र परिवार जहिल्यै रुऐरै बस्नुपरिरहेको छोरा सुगम लिम्बुले बताए । आफ्ना साथी हराएपछि गाउँघरमा समेत चिन्ता थपिएको स्थानीय साथी गंगा अधिकारीले बताउँनुुुभयो । हामीले खोज्ने जति ठाउँमा खोजी सक्यौ सम्पर्क राखिसक्यौ तर उहाँ फेला पर्नु भएन तपाई जहाँ जस्तो अवस्थामा हुनुहुन्छ सम्पर्कमा आइदिनुहोला साथी अधिकारीले भन्नुभयो । सारो गाह्रो अप्ठ्यारो अवस्थामा भएपनि हामी सहयोग गर्न तयार छौ सम्पर्कमा आइदिनुहोला अधिकारीले भन्नुभयो । यता आफ्नो जीवनको अन्तिम अवस्थातिर आईपुग्दा जवान छोरो वेवक्ता बनेको खबरले पिडित बनाएको भन्दै ८६ बर्षिय पिता प्रेमबहादुर लिम्बुले छोराको अवस्थाका वारेमा जानकारी नहुँदा चिन्तित बनाएरको र परिवारकै भोक तिर्खा हराएको बताउँनुभयो ।
यता हराएका तेजप्रकाशको खोजीका लागि परिवारले प्रहरी र स्वदेश विदेश खासमा भारतमा रहनुभएका नेपाली भाषी दाजुभाई दिदीबहिनीसमक्ष परिवारले अनुरोध गरेको छ । फोटोमा देखिएका तेजप्रकाशलाई कसैले देखे जानकारी प्राप्त गरेमा नेपालको परिवारको नम्बर ९८१६०१०००२ ९८०१९४५६४१ म सम्पर्क गरिदिन अनुरोध गरेका छन । यता भारतीय क्षेत्रमा हराइरहेका तेजप्रकाशको खोजीका लागि सबै सरकारी तथा भारतस्थित प्रहरीसमक्ष समेत समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।
हराइरहेका तेजप्रकाशको वारेमा प्रहरीमा समेत जानकारी गराइसकिएको छ ।
सम्पत्तिको नाममा सानो घरमात्रै रहेको लिम्बु परिवारको घरमुलिनै हराएपछि थप समस्यामा परेको छ । उहाँलाई भेटनुहुने वा देख्नुहुने नेपाली दाजुभाई दिदीबहिनी वा जो कोहीले नजिक्कैको प्रहरी कार्यालय वा माथि दिएको सम्पर्क नम्बरमा फोन सम्पर्क गरिदिनुहोला ।

https://fb.watch/tCh-CAJ_tq