Kanakai Online

मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते


आइतवार, साउन १३, २०८१ |

कनकाई अनलाईन
झापाको झापा गाउँपालिका वडा नं.३ फुलगाछी अमरपथ सडकखण्डमा आज भएको सडक दुर्घटनामा परि बाबुको मृत्यु भएको छ भने छोरा घाईते बनेका छन ।
आईतवार आज दिउसो १२ ः ४५ बजे प्रदेश १—०१—०१६—१६१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ठाउँ बस्ने मोटरसाईकल चालक ५४ बर्षिय निजामुदिन मिया र उनका छोरा १९ बर्षिय सालेमान मिया घाईते भएका थिए ।
कुमरखोद– सुरुङ्गा सडकखण्डमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको उक्त मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा घाईतेमध्ये चालक मियाको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो भने मोटरसाईकल पछाडि सवार छोरा सालेमान भने उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाईत मियाको बायाँ हातमा चोट लागेका घाइते सालेमान मियाँको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्याल झापाले जनाएको छ ।