Kanakai Online

झापामा ९२ प्रतिशत रोपाइँ


शनिवार, साउन १२, २०८१ |

कनकाई अनलाईन
साउनको दोस्रो सातासम्ममा आईपुग्दा झापामा ९२ प्रतिशत भन्दा बढी धान रोपाई भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाई भएको छ । जुन ९२ प्रतिशत रहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर बिष्टले बताउँनुभयो । यो अनुपात अघिल्लो वर्षको तुलनामा यो वर्ष बर्खे धान खेतीको क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्ष ८५ हजार ७५० हेक्टरमा बर्खे धान खेति गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ । यसैगरि यस बर्ष अघिल्लो बर्षको तुलनामा चैते धान खेतीको समेत क्षेत्रफल बढेको छ । अघिल्लो बर्ष झापामा १९ हजार ८ सय हेक्टरमा चैतेधान खेती गरिएकोमा यस आर्थिक बर्षमा २० हजार हेक्टरमा चैते धान खेती गरिएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । झापामा यस आर्थिक बर्षमा १ लाख १६ हजार मेट्रिकटन चैते धान उत्पादन गरिएको छ । झापामा यस आर्थिक बर्षमा कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा मेसिनले रोपाइँ गरिएको छ ।

कृषकलाई प्राविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा ७ बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धान खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउँनुभयो ।

कृषकलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको कार्यालयले जनाएको छ । छ ।