Kanakai Online

शिवसताक्षीमा माछाले लियो ज्यान


शनिवार, साउन १२, २०८१ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ४ कमल खोलामा माछा मार्ने क्रममा एकजनाको डुबेर मृत्यु भएको छ ।


स्थानीय कमल खोलाको होलीमा माछा मार्ने क्रममा डुबेर शिवसताक्षी ४ र गौरीगञ्ज गाउँपालिका वडानम्बर १ को सिमामा पर्ने कमल खोलामा माछा मार्ने क्रममा शिवसताक्षी नगरपालिका ४ का ४० बर्षिय चुन्दे मुर्मुको मृत्यु भएको हो ।
खोलामा माछा मार्दा डुबेर घाईते अवस्थामा रहेका मुर्मुलाई उपचारका लागि विएण्डसी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारका क्रममा शुक्रवार दिउसो ४ः २० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेर उपचारका लागि अस्पताल लगेकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मुर्मु डुबेको ठाउँमा पुगेका उनका साथीले तत्काल उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज उपचारका लागि ल्याएका थिए। सिकिस्त अवस्थामा फेला परेका मुर्मुको थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र शिवगंजले रेफर गरेपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो। चिकित्सकले उपचारकै क्रममा ४ः२० मा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।