Kanakai Online

महसुल नबुझाउने १ हजार १७० ग्राहकको विद्युत लाइन काटियो


शुक्रवार, साउन ११, २०८१ |

कनकाई अनलाईन
समयमै विद्युत महशुल नबुझाउने १ हजार १७० ग्राहकको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्र बिर्तामोडले विद्युत लाइन काटिदिएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार १७० ग्राहकको लाइन काटिएको विद्युत प्राधिकरण अनारमनी साखाले जनाएको छ । विद्युत काटिएका ग्राहकबाट प्राविकरणले ६ करोड ७० लाख २८ हजार ४१२ रुपैयाँ महशुल बुझाउन बाँकी रहेको थियो । त्यसमध्ये ३ करोड ९० लाख ९७ हजार ५६७ रुपैयाँ बुझाएर १ हजार १३६ जना ग्राहकले पुनः लाइन जोड्न लगाएका छन् । थोरै महशुल तिर्न बाँकी रहेका ग्राहकहरुले महशुल तिरेर पुनःलाइन जोड्न लगाएपनि धेरै महशुल तिर्नुपर्ने ३४ जना ग्राहकहरुले लाइन अझै जोडनका लागि नआएको विद्युत प्राधिकरण अनारमनी केन्द्र प्रमुख संजीवकुमार शाहले बताउँनुभयो । ती ३४ जना ग्राहकहरुले २ करोड ७९ लाख ३० हजार ८४५ रुपैयाँ महशुल बक्यौता रहेको पाइएको छ ।