Kanakai Online

रहेनन लोकगायक एलपी जोशी


बिहिवार, साउन १०, २०८१ |

कनकाई अनलाईन
पुराना लोक गायक लक्ष्मी प्रसाद जोशी ९एल पी जोशी० को निधन भएको छ ।झापा दमक १ निवासी गायक जोशीको अहिले ८ बजेर ३० बजे लाइफ लाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
केही महिना अघि सम्म उमेरले ८५ कटेका गायक जोशी विभिन्न स्टेज, समारोहहरूमा सक्रिय उपस्थित हुदै आएका थिए ।
जोशीले गाएको वल्लो खोलो पल्लो खोलो, रिटिङ रिटिङ लगायत गीतहरू चर्चित रहेको छ ।


राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ बर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो । दमक १ निवासी जोशीले ६६ बर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो‘.वल्लो खोलो पल्लो खोलो‘’जस्ता चर्चित लोक गीत गाउँनुभएको थियो । जुन गित अहिलेपनि कालजयी रहेको छ ।

एल.पी.जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै संकलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भएका थिए ।
एमेरले ४ दशक पार गरेपनि जोशी हालसम्म पनि विभिन्न स्टेज कार्यक्रहरुमा समेत सहभागि रहदै आउनुभएको थियो । गायनको साथमा नृत्य, चित्रकला, नाटक विधामा समेत पोख्त जोशीले केहि चलचित्रमा समेत योगदान पुर्याउनुको साथै एउटा गिती कविता समेत प्रकाशनमा रहेको छ । उनको शुक्रवार विहान ११ बजे कनकाई माईमा अन्तिम सस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । जोशी लामो समयदेखि सुगर र प्रेसरको बिरामी रहनुभएको थियो ।