Kanakai Online

कनकाई नगरपालिका बालमैत्री पालिका घोषणाको तयारीमा


बिहिवार, साउन १०, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका बालमैत्री पालिका घोषणाको अन्तिम तयारीमा जुटेको छ ।


वालमैत्री घोषणागर्नका लागि कुल ५१ वटा सुचकहरु राखिएको भएपनि कनकाई नगरपालिकाले आफैपनि थप २ सुचकहरु विद्यालयका सबै कक्षाकोठाहरुमा कालोबोर्ड र चकको प्रयोग हटाउने र सबै किशोरीहरुलाई अनिवार्य सेनेटरी प्याडको व्यावस्थ ागर्ने समेत थप गरि ५१ वटा सुचक बनाइएको कनकाई नगरपालिकाकी उपप्रमुख एवम् नगर वालविकास समिति अध्यक्ष आशाशर्मा शिवाकोटीले बताउँनुभयो ।
कनकाई नगरपालिकालाई वालमैत्री पालिका घोषणाका लागि कम्तीमा ८० नम्बरको प्राप्ताङ्क विभिन्न सुचकहरुमा आउनुपर्ने नियम भएपनि आफ्नो पालिकाले ९७ प्रतिशत सुधार गरेको पालिकासग तथ्याङ्क रहेको कनकाई नगरपालिका वालकल्याण अधिकारी उमानाथ ढकालले बताउँनुभयो । जसमा वालवालिकाहरुको संस्थागत विकासमा १७ वटा सुचक, वाल बचाउँमा १४, बाल संरक्षणमा १० वटा सुचक, वाल विकासमा ६, वाल सहभागितामा ६ वटा निर्धारित सुचक रहेको समेत ढकालले बताउँनुभयो ।
यसैविच कनकाई नगरपालिकालाई बालमैत्री पालिका घोषणाका लागि नेपाल सरकार कोशी प्रदेशको मुख्यमत्री तथा मन्त्री परिषदको कार्यालयबाट प्रदेश सचिव विष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको अनुगमन समितिले यस क्षेत्रको वालमैत्री पालिकाको वारेमा अनुगमन समेत गरेको छ । अनुगमन समितिमा सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री, साखा अधिकृत यादवप्रसाद दुलाल, प्रदेश योजना आयोगका नवदिप राई, प्रदेश स्वाथ्य मन्त्रालयका वाशुदेश कुँवर, मुख्यमत्री कार्यालयका डिकेन्द्र सुवेदी, राष्ट्रिय वाल अधिकार परिषदका सुमन अधिकारी, सामाजिक विकास मन्त्रालयकी सुनिता भट्टराई, पत्रकार महासंघ कोशी प्रदेशका लीलाराज झापाली लगायात रहनुभएको छ ।