Kanakai Online

बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा ११ जना घाइते


बिहिवार, साउन १०, २०८१ |

कनकाई अनलाईन

झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा दुई पक्षका ११ जना घाइते भएका छन् ।

आज बिहान ११।३० बजेतिर बाह्रदशी ३ स्थित राधानगरमा सोही ठाउँ बस्ने पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद हुँदा दुबै पक्ष बाँस, लाठी र घरेलु हतियारसहित झडपमा उत्रिएका थिए । रेखानन्द साहले खेती जोताउन ट्रयाक्टर ल्याएको र पर्शुराम साहले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपमा निम्न मानिसहरु घाइते भएका छन् । बाह्रदशी ३ बस्ने बर्ष ३० का अजयकुमार शाह ९टाउकोमा चोट, बोल्न सक्ने , सोही ठाउँ बस्ने बर्ष ४० का नितानन्द साह, टाउकोमा चोट, बोल्न सक्ने० ,बर्ष ४० का रेखानन्द साह९अनुहारमा चोट, बोल्न सक्ने० ,बर्ष ३६ की चाँदनी साह ९शरीरको भित्री भागमा चोट, बोल्न सक्ने० , बर्ष ५६ की पद्मादेवी साह९ शरीरको भित्री भागमा चोट, बोल्न सक्ने० ,बर्ष ८० का बिष्णुप्रसाद साह ९टाउकोमा चोट, बोल्न सक्ने० , बर्ष २२ का महानन्द साह९ शरीरको भित्री भागमा चोट, बोल्न सक्ने ०, पर्शुराम साहका छोरा बर्ष १६ का संजीब साह९ शरीरको भित्री भागमा चोट, बोल्न सक्ने० ,बर्ष ५४ का पर्शुराम साह९ टाउकोमा चोट, बोल्न सक्ने० ,बर्ष १७ का बिवेक साह९ शरीरको भित्री भागमा चोट, बोल्न सक्ने ० र बर्ष ५४ का मुनाखरी साह९शरीरको विभिन्न भागमा भित्री चोट, बोल्न सक्ने० रहेका छन् ।उनीहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

ऐलानी जग्गाको विषयमा दुवै साह परिवारबीच विवाद रहँदै आएको छ । दुवै पक्षलाई आज छलफलका लागि इलाका प्रहरी कार्यालय राजगढमा बोलाइएकोमा छलफलमा नआई उनीहरु झडपमा उत्रिएको सई राजेन्द्र शर्माले बताए । उनले झडपलाई साम्य बनाई घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समा हालेर बिर्तामोडतर्फ पठाएको जानकारी दिए । ऐलानी जग्गाको विषयमा दुवै परिवारबीचको विवादलाई धेरै पटक मिलाउन प्रयास गरिएको तर, मिलाउन नसकिएको वडाध्यक्ष टंक साहले बताए । उनले दुवै पक्षबीच अदालतमा मुद्धा चलिरहेको जानकारी दिएका छन् ।