Kanakai Online

डि कौडिन्य पत्रकारीता पुरस्कार लामा र रेग्मीलाई


सोमवार, साउन ७, २०८१ |

कनकाई अनलाईन
जनपक्षिय पत्रकार देवराज आचार्य.डि कौडिन्यको नामबाट प्रेस सेन्टर झापाले प्रत्येक वर्ष प्रदान गर्दै आएको डी–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकश लामालाई आज प्रदान गरिएको छ ।


तत्कालिन शाही नेपाली सेनाद्धारा झापामा पक्राउ गरि आर्मी ब्यारेकमा हत्या गरिएको पत्रकार आचार्यको नामबाट स्थापित उक्त पुरस्कार हरेक बर्ष साउन ७ गतेका दिन वितरण गरिदै आएको छ । जनही २१ हजार पुरस्कार राशीको उक्त पुरस्कार कोशी प्रदेशका नेकपा माओवादी संसदीय दलका नेता समेत रहनुभएका इन्द्र आङ्बो तथा पत्रकार पत्नी यमुना आचार्यले सयुक्त रुपमा सोमवार बिर्तामोडमा पत्रकारद्धयलाई हस्तानतरण गर्नुभयो ।

यसअघि २१ हजारका रुपैँया राशीको उक्त पुरस्कारको राशी यसै बर्षदेखि दोब्बर बनाइएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठककले बताउँनुभयो । पुरस्कृत पत्रकार लामा नेपाल टेलिभिजन तथा रेग्मी मेचीखबर साप्ताहिकका सम्पादक रहनुभएको छ ।

पुरस्कार वितरण कार्यक्रममा स्व. पत्रकार आचार्यकी पत्नी यमुना आचार्यले देश निर्माण र राज्यसत्ता परिवर्तनका लागि आफ्नो श्रीमानले गरेको योगदानको स्मरण गराउदै सहिद परिवारको भावनालाई राज्य कुठाराघात गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि आङ्वोले सुरुवातमा नेपालमा भएका आन्दोलनबाट एउटा शासकबाट अर्को शासकको हातमा शासन जान बाहेक खासै उपलब्धी नभएको बताउँदै जनयुद्ध र जनआन्दोलनबाट संघीय लोकतान्त्रिक व्यवस्था स्थापित भएको दावी गनुभयो । आङ्बोले गणतन्त्र र संघियताको वारेमा अहिलेनै समिक्षा गर्नु मुर्खता हुने भन्दै नेपाल प्रहरी, कर्मचारीको समेत न्युनत्तम कानुन समेत निर्माण गरिनसकिएको हुदा संघियताको वारेमा अहिलेनै समिक्षा र बहस गर्नु गलत भएको उहाँको भनाई थियो ।

सोअवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्बा, नारी संचारगृह झापाकी अध्यक्ष रेजिना गौतम, सामाजवादी प्रेस संगठन झाका अध्यक्ष शम्भुजीत दाहाल, प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष प्रदिप परियार, प्रेस युनियनका राजेन्द्र गौतम, पूर्वपुरस्कृत व्यक्तित्वहरुको तर्फबाट अग्रज पत्रकार लीला बराल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले डी(कौडिन्यको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका सुमन सिंह सी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश महासचिव विवेक गौतम, डी(कौडिन्य पुत्री प्राप्ति आचार्यलगायतले बोलेका थिए ।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सप्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत र सचिव पुष्प खड्काले संचालन गरेका थिए ।