Kanakai Online

मन्सापुरको समिलबाट मोटर चोरी गर्ने ४ युवा पक्राउ


आइतवार, साउन ६, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट काठमिलमा प्रयोग हुने मोटरचोरी गरि विक्री गर्ने स्थानीय ४ युवालाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरि आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको छ ।
रातीको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय नितेश बुडाथोकी, बर्ष २४ का महेस तामाङ्ग, बर्ष २२ का बिनोद टुडु र बर्ष २० का पारस तामाङ्गले मिलि समिलबाट मोटर चोरी गरि कनकाई नगरपालिका ४ का ३९ बर्षिय ताराप्रसाद तिवारीलाई विक्री गरेका थिए । चोरी कार्यमा सग्लनहरुलाई शनिवार दिउसो साढे १२ बजे चोरी गरिएको मोटरसहित पक्राउ गरि थप कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड अनारमनीमा पठाइसकिएको प्रहरीले जनाएको छ । चोरी भएको उक्त समिल कनकाई नगरपालिका ६ बस्ने लक्ष्मण कार्कीले रेखदेख गर्दै आइरहेको बताइएको छ ।