Kanakai Online

पर्यटकिय क्षेत्र दोमुखा काठ तस्करीको राजधानी फेरी गाडी सहित साखु बरामद


शनिवार, साउन ५, २०८१ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिका बिच भएर बग्ने कनकाई नदिको बहावमा बाँस तथा ट्युवको जाली बनाएर साखु जातको काठ चोरी तस्करी नरोकिदा देशकै पर्यटकिय क्षेत्र दोमुखा काँठ चोरी तस्करीको केन्द्र बन्दै गएको छ ।
कनकाई नदीमा बगाएर तस्करले ल्याउँदै गरेको चिरान काठ प्रहरीले दैनिकजसो बरामद गर्न थालेको छ ।

शुक्रवार बिहान अन्दाजी ४ः३० बजेको समयमा शिवसताक्षी १० स्थित कन्काई नदीमा गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिसहितको टोलीले खोजी गरेको थियो ।

त्यसक्रममा अन्दाजी ५७ हजार बराबरको १९ क्यु.फिट चिरान काठ फेला परेको थियो । काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गैडे सामुदायिक बन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरि शनिवार बिहान फेरि पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद भएको छ । बिहान अन्दाजी ३ः३० बजेको समयमा अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रास्थित कन्काई नदी बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको ५२ क्यु.फिट चिरान काठ (फेन्टा) बरामद भएको हो । अन्दाजी १ लाख ५६ हजार मूल्य बराबरको काठ लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा संलग्न मानिसहरु गाडी र काठ छाडेर फरार भएका थिए ।

गाडीसहित उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो सगै यस क्षेत्रमा इलाम जिल्लाका वन क्षेत्रबाट काठ चोरी तस्करी गरेर झापा तथा छिमेकी मुलुक भारतसम्म समेत नेपालको साँखु जातका काठ चोरी तस्करी हुने क्रम बढेर गएको छ । वेला बखत प्रहरी र सामुदायिक वन समुहले चोरी तस्करीका काठहरु बरामद गरेपनि यसमा संग्लन मानिसहरु भने फरार हुदै आएका छन । नदिमा पानीको वहाव बढ्ने महिनाहरु जेठ देखि असोज सम्ममा यस क्षेत्रमा दैनिकका जस्तो साखु जातको काठ चोरी तस्करी हुनेगरेको पाइएको छ । पुर्वकै चर्चित पर्यटकिय स्थल दोमुखामा यस प्रकारका काठ चोरीका घटना घटनुको साटो बढदै गएपनि पर्यटकिय क्षेत्रकै बदनामी भएको भन्दै स्थानीयवाशीले चिन्ता व्य्रक्त गरेका छन ।