Kanakai Online

सडक दुर्घटनामा एकको मृत्यु


बुधवार, साउन २, २०८१ |

कनकाई अनलाईन
झापाको गौरादहमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।

मंगलवार साँझ ७.१० बजे गौरादह नगरपालिका वडा नं.१ सितापुरी चोकस्थित भित्री सडकखण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नं. को मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ६ प ५८१ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा बा ७० प १८१ नं.को मोटरसाइकल चालक कमल गाउँपालिका वडा नं. ५ बस्ने २४ वर्षीय सन्जोक भण्डारी र मे ६ प ५८१ नं. को मोटरसाइकल चालक गौरादह नगरपालिका वडा नं. १ बस्ने अन्दाजी बर्ष २७÷२८ का दुर्गा ताजपुरीया घाइते भएका थिए ।

दुबै जनालाई उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा उपचारको क्रममा सन्जोग भण्डारीलाई साँझ ७.३० बजे डाक्टरले मृत घोषणा गरेका थिए । अर्का मोटरसाइकल चालक ताजपुरीयालाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको र उनको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।