Kanakai Online

कनकाईमा सामुदायिक तर्फ कनकाई, संस्थागत तर्फ प्यारागन प्रथम


मङ्गलवार, असार १९, २०८१ |

कनकाई अनलाईन
सधाका बर्षहरुमाझै यसवर्षपनि कनकाईको कनकाई माविको एसईई परिक्षाको नतिजामा सबैभन्दा वढी विद्यार्थी ए प्लस ल्याएर उर्तिण गराउन कनकाई मावि सफल बनेको छ । कनकाई माविले कनकाई नगरक्षेत्रभित्रका सबै संस्थागत विद्यालयलाई समेत यसबर्ष पनि जित्दै सर्वोकृष्ट नतिजा ल्यायन सफलबनेको छ । कनकाई माविले यसबर्ष सहभागि भएका विद्यार्थीमध्ये १३ जना विद्यार्थीले ३.६ भन्दा बढी जिपिए ल्याउन सफल हुदै नगरकै सर्वोकृष्ट विद्यालयको सुचिमा पर्न सफल बनेको छ भने दोस्रो स्थानमा भने संस्थागत विद्यालयको प्यारागन एकाडेमीका सहभागि विद्यार्थीमध्ये १२ जना विद्यार्थीले यो स्थान ल्याउदै समग्र कनकाई नगरको दोस्रो स्थान र संस्थागत विद्यालयतर्फ भने नगरकै सर्वोकृष्ट स्थान हासिल गर्न सफल बनेको छ । यता कनकाई नगरको दोस्रो देखि टप ५ भित्र समेत सबै संस्थागत विद्यायलयहरु पर्न सफल बनेको छ । कनकाईमा दोस्रोमा प्यारागन एकाडेमी यसैगरि तेस्रो स्थानमा हरिकुल नमुना मावि पर्न सफल बनेको छ । हरिकुलका ९ जना विद्यार्थीले ३.६ जिपिएभन्दा बढीको नतिजा ल्याउन सफल बनेका छन । यसैगरि कनकाई नगरपालिकाको चौथो स्थानमा पशुपति अंग्रेजी मावि पर्न सफल बनेको छ । पशुपति माविका ५ जना विद्यार्थीले उक्त जिपिए ल्याउन सफल बनेका हुन ।
यसैगरि कनकाई नगरपालिकाबाट यसपटक टप फाईभभित्र पर्न सफल पाचौ स्थानमा यसपटक झापा मेरिगोल्ड स्कुल पर्न सफल बनेको छ । झापा मेरिगोल्डले यसपट सहभागि विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ३.६० भन्दा वढी जिपिए ल्याएर टप ५ भित्र पर्न सफल भएको छ । अर्को विद्यालय पाथिभरा एकाडेमीले समेत ३ जना विद्यार्थीनै ३.६० भन्दा वढी जिपिए ल्याउन सफल भएपनि त्यसपछिको ग्रेड ३.२ भन्दा माथि ल्याउने विद्यार्थीको सङ्ख्याका आधारमा पाथिभराले छैटो स्थान ओगटन सफ लबनेको छ । यसैगरि कनकाई नगरपालिकाबाट सातौ स्थानमा बेनुबाजा अंग्रेजी मावि पर्न सफल बनेको छ । बेनुबाजाबाट सहभागि मध्ये २ जना विद्यार्थीले उत्कृष्ट ग्रेड ३.६० भन्दा माथि ल्याउन सफलबनेका छन । उत्कृष्ट नतिजामा सर्वोकृष्ट भएपनि फेल बनाउने मामिलामा कनकाई माविले सबैलाई जितेको छ । कनकाई माविका कुल विद्यार्थीमध्ये १५८ जना विद्यार्थी फेल भएका छन । भने कनकाई नगरपालिकाको माउन्ट अन्र्नपूर्णले सत प्रतिशत विद्यार्थी सफल बनाउन सफ लबनेको छ । यस विद्यालयमा २ जना मात्रै विद्यार्थी एसईईमा सहभागि रहेका थिए । यता कनकाई नगरपालिका ४ स्थित सिंहदेवि माविका भने सहभागि सबै विद्यार्थी अनुर्तिण बनेका छन । यस बर्ष कनकाईमा सबैभन्दा राम्रो नतिजा र खराब नतिजा ल्याउने दुबै विद्यालय सामुदायिकनै परेका छन ।
एसईईमा कनकाई ः सिंहदेवी शुन्य, सामुदायिक तर्फ २८ र निजी तर्फ ८० प्रतिशत पास

कनकाई नगर क्षेत्रबाट सामुदायिक विद्यालयतर्फ परिक्षामा सहभागी भएका मध्ये २८ प्रतिशत र निजी तर्फ ८० प्रतिशत विद्यार्थी पास भएका कारण कनकाईको शिक्षामा तरङ्ग आएको हो ।

कनकाई नगर क्षेत्रमा सामुदायिक तर्फ सात वटा विद्यालयलबाट ५५४ विद्यार्थीहरु एसईई परिक्षामा सहभागी भएका मध्ये १५५ विद्यार्थी मात्र पास भएका छन् भने कनकाई –४ स्थित सिंहदेवी माविले एकजना पनि विद्यार्थी पास गर्न नसकेको कनकाई नगरपालिका शिक्षा शाखाले जनाएको छ । सिंहदेवी माविबाट एसईई परिक्षामा ३० जना विद्यार्थी सहभागी भएका थिए । त्यस्तै कनकाई माविबाट २७४ विद्यार्थी परिक्षामा सहभागी भएका मध्ये ११६ जना पास हुन सफल भएको बताइएको छ ।

सामुदायिक विद्यालयमा साधारण तर्फ सबैभन्दा बढी कनकाई माविबाट १३ जना र प्राविधिक धार तर्फ आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयबाट एकजना गरी जम्मा १४ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् । त्यस्तै निजी तर्फ सबैभन्दा बढी प्यारागन एकाडेमीका १२ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन भने निजी तर्फ समग्र कनकाई नगरमा जम्मा ३७ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेको कनकाई नगर शिक्षा शाखाले जनाएको छ ।

सरकारका तीनवटै तहबाट विशेष प्राथमिकताका साथ शिक्षाका लागि सामुदायिक विद्यालयमा भएको लगानीको परिणाम सोचेजस्तो नआएपछि यतिबेला सर्वत्र चर्चा भइरहेको छ । कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयबाट परिक्षामा सहभागी मध्ये २८ प्रतिशत विद्यार्थी पास भएको बताइएको छ ।

परिक्षामा सहभागी आदर्श विद्या मन्दिर माविबाट साधारण तर्फ ४३ र आधारभुत धार तर्फ ३० सहित सहभागी ७३ जना विद्यार्थी मध्ये आधारभुतका १५ जना र साधारण तर्फ २ जना गरी १७ जना विद्यार्थी पास भएका हुन् । भृकुटी माविबाट परिक्षामा सहभागी ८० विद्यार्थी मध्ये१० जना पास, सरस्वती माविबाट परिक्षामा सहभागी ३६ मध्ये८ जना पास भएका छन् । त्यस्तै चम्पापुर माविबाट ३० जना सहभागी मध्ये २ जना र हिमाली माध्यमिक विद्यालयबाट सहभागी ३१ मध्ये २ जना विद्यार्थी पास भएको विद्यालयले जनाएको छ ।

त्यस्तै कनकाई नगर क्षेत्रका १४ वटा निजी विद्यालयबाट परिक्षामा सहभागी ३७४ विद्यार्थी मध्ये ३०० विद्यार्थी पास हुन सफल भए । एसईईमा सहभागी मध्ये निजी तर्फ ८० प्रतिशत विद्यार्थी पास हुन सफल भएका हुन् । त्यस्तै निजी तर्फ हरिकुल माविबाट सहभागी ४७ मध्ये ४४ जना पास भएका छन् भने ९ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् । पशुपति अंग्रेजी माविबाट सहभागी ५५ विद्यार्थी मध्ये ५१ जना पास भए भने ६ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् ।

त्यस्तै झापा मेरीगोल्डबाट सहभागी ३३ विद्यार्थी मध्ये २८ जना विद्यार्थी पास भएका छन् भने ३ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरे । त्यस्तै पाथिभारा एकाडेमी लक्ष्मीपुरबाट सहभागी २६ विद्यार्थी मध्ये २२ जना पास भए भने ३ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् ।त्यस्तै बेनुबाजा अंग्रेजी विद्यालयबाट १९ जना विद्यार्थी सहभागी मध्ये १२ जना पास भए भने २ जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरेका छन् ।

त्यस्तै नवयुग शिक्षा निकेतनबाट सहभागी २४ विद्यार्थी मध्ये १९ जना पास भए भने एकजनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गर्न सफल भए । त्यस्तै अरुणोदय अंग्रेजी माविबाट सहभागी १४ विद्यार्थी मध्ये १२ जना पास भए भने एक जनाले ३.६ देखि ४.० सम्मको जिपिए प्राप्त गरे ।
परिक्षामा दिव्यरत्न माविबाट सहभागी २३ विद्यार्थी मध्ये १५ जना पास भएका छन् । त्यस्तै चम्पा फ्लावर्सबाट सहभागी १३ मा पास १० जना, देवकोटा एजुकेशनबाट सहभागी २६ मा १२ जना पास, विद्योदय अंग्रेजी माविबाट सहभागी १२ मध्ये ८ जना पास, माउन्ट अन्नपुर्ण फाउण्डेशनबाट सहभागी २ मा पास २ जना, फक्तालुङ एजुकेशन फाउण्डेशनबाट सहभागी २२ मा १२ जना पास भएको कनकाई नगर शिक्षा शाखाले जनाएको छ ।