Kanakai Online

दरवन्दी प्राविको अध्यान माविको एसईईमा नतिजा सुन्य सिंहदेवि मावि


मङ्गलवार, असार १९, २०८१ |

लीलाराज झापाली
झापाको कनकाई नगरपालिका ४ मा रहेको सिंहदेवि माविको यस वर्षको एसईईको नतिजा सुन्य आएसगै कनकाई नगरपालिकाले शिक्षाको हव बनाउने नितिमाथि प्रश्नचिन्ह उब्जिएको छ । यसका कारणको खोजीवारे कनकाई अनलाईन टिमले नयाँ तथ्य फेला पारेको छ ।

जसमा सिंहदेवि प्राविलाई जबरजस्ती मावि बनाउन खोज्दा विद्यालयका सबै विद्यार्थी फेल हुन पुगेका छन । यसैवर्षमात्रै एसईई परिक्षामा सहभागि सहभागि बनेको यस विद्यायलयमा सबै शिक्षकहरु प्रावि दरबन्दीका रहेका छन । तर विद्यालयले जवरजस्ती मावि सञ्चालन गर्नखोज्दा दुर्घटना भएको जानकारहरुको भनाई रहेको छ । विद्यालय सञ्चालनका लागि मावि सञ्चालनका लागि विद्यालय व्यावस्थापन समिति र विद्यालय प्रशासनले हामीसग जोरजवरजस्ती गर्नुभयो । हामीले दिनसक्ने भनेको अनुमति मात्रै हो दिऔ अहिले आएर स्कुलका सबै विद्यार्थी फेल हुन पुगे कनकाई नगरपालिकाले जनाएको छ । विद्यालयलाई २ जना शिक्षकको ६÷६ महिनाका दरले रक मभने संघिय सरकारले अनुदान उपलब्ध गराउदै आएको कनकाई नगरपालिकाले जनाएको छ । त्यहि रकमलाई अलिअलि खर्च बाढेर भएपनि विद्यालय व्यावस्थापन समितिले शिक्षकहरुलाई दिएको भन्ने बुझिएको छ । विद्यालयले एसईईको पहिलो बर्षमानै सुन्य नतिजा आएसगै यस विद्यालयको आगामी एसईई परिक्षामा सहभागि हुन दिने या नदिने भन्ने वारेमा कनकाई नगरपालिकाले सोच्नुपर्ने अवस्था आएको अभिभावकहरुले बताउँदै आएका छन । यता यसबर्ष कनकाई नगरपालिकामा सबैभन्दा राम्रो नतिजा समेत सरकारी विद्यालयले ल्याउन सफल भएको छ । कनकाई माध्यमिक विद्यालयले कुल सहभागि विद्यार्थीमध्ये १३ जना विद्यार्थीले ए प्लस नतिजा ल्याउदै नगरकै सर्वोकृष्ट नतिजा ल्याउन सफल बन्दा अर्को सरकारी विद्यालय सिहंदृेवि माविले भने निल कटाउन सकेन ।