![](https://kanakaionline.com/wp-content/uploads/2024/07/449118481_835464091443925_7479656189102422602_n-1024x768.jpg)
कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखमा किरण मोक्तान आउँनुभएको छ । जिल्लाभरका सबै प्रहरीको इन्चार्जहरुको अदलीबदली भएसगै सुरुङ्गा प्रहरी प्रमुखका रुपमा रहनुभएका बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराईको इप्रका बनियानीमा सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक किरण मोक्तानले सुरुङ्गा क्षेत्रको सुरक्षा जिम्मेवारी सम्माल्न लाग्नुभएको हो ।
![](https://kanakaionline.com/wp-content/uploads/2024/07/449121598_1005489277596712_679613263400767450_n-1024x768.jpg)
मोक्तान देश तथा विदेशमा समेत सुरक्षा जिम्मा लिइसक्नुभएका कुशल राष्ट्रसेवक प्रहरी रहनुभएको छ । यता विदा भएर जानुहुने भट्टराई देशकै उत्कृष्ट मध्येमा लागु औषध विरुद्धको सचेतना र कार्वाहीमा ख्याति कमाउनुभएका प्रहरी प्रमुख रहनुभएको थियो । उहाँको नेतृत्वमा यस क्षेत्रमा ठुल्ठुला लागुऔषध कारोवारी देखि लिएर मोटरसाईकल चोरी लगयातका घटनामा सफलतापूर्वक कार्यकुशलता देखाईसक्नुभएको प्रहरी प्रमुख रहनुभएको थियो ।
यसैविच यस क्षेत्रका कनकाई नगरपालिका लगायातका विभिन्न संघ संस्था स्कुल कलेज लगायातका यहँका संघ संस्थाले नयाँ प्रहरी प्रमुख मोक्तानलाई स्वागत र विदाई भएर जानुभएका प्रहरी प्रमुख प्रविण भट्टराईको विशेष कार्यक्रमका विच विदाई गरेका छन ।
![](https://kanakaionline.com/wp-content/uploads/2023/07/IMG-20230715-WA0001.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/CCTV-AD.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/attendance-copy.jpg)