![](https://kanakaionline.com/wp-content/uploads/2024/07/f8f7648b-5713-4fb3-bc0a-2b20b4aa29ad-1024x1024.jpg)
कनकाई अनलाईन
धान दिवस असार १५ का दिन वाईसीएल झापाले जनयुद्धमा वेपत्ता भएका रिजाल परिवारको खेतमा धान रोपाइँ गरेको छ ।
![](https://kanakaionline.com/wp-content/uploads/2024/07/7e60d529-8341-4b01-b31d-2249b5150c35-1024x1024.jpg)
जनयुद्धको समयमा २०५६ सालमा जनमुक्ति सेनामा प्रवेश गरेका तारा रिजाल २०५९ सालको संकटकालमा भारतको सिलुगुडीमा पक्राउ परे पश्चात तत्कालीन शाही सेनाले चारआली व्यारेकमा ल्याएर राखेको मा सोही समय देखि वेपत्ता रहेका छन । छोरो वेपत्ता हुदा विछिप्त वनेको रिजालको परिवारमा वाईसीएल झापाले आफुहरु पनि सोही परिवारको सन्तान रहेको महशुस दिलाउदै बर्षाको बेला खेतिको चटारोमा धान रोपाइँमा सहभागी भएको वाईसीएल झापाका बरिस्ठ उपाध्यक्ष हिमाल बिष्टले जानकारी गराउनु भएको छ ।
![](https://kanakaionline.com/wp-content/uploads/2024/07/f907f225-2305-42d4-890c-5b8211f5c9d3-1-1024x1024.jpg)
वाईसीएल झापाले आयोजना गरेको धान रोपाइँमा नेकपा माओवादि कन्द्रका केन्द्रीय सदस्य रन्जीत तामाङ , वाईसीएल झापाका इन्चार्ज निसान मगर , वाईसीएल झापा जिल्ला समन्वय समितिका अध्यक्ष डेबिट साही , वरिष्ठ उपाध्यक्ष हिमाल बिष्ट , उपाध्यक्ष विनोद नेम्वाङ , सह सचिव पेमा तामाङ , रुद्र राउत , सदस्यहरु दिपा लिम्बू , सिर्जना राई लगायतको सहभागीता रहेको थियो ।
सहभागी टोलिले वेपत्ता रिजाल परिवारको गौरादह नगरपालिका वडा नं। १ प्रणामी टोलमा रहेको १ बिगाहा जग्गामा धान रोपेको थियो ।
![](https://kanakaionline.com/wp-content/uploads/2023/07/IMG-20230715-WA0001.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/CCTV-AD.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/attendance-copy.jpg)