![](https://kanakaionline.com/wp-content/uploads/2024/06/c7864c09-d711-4d9a-a8c1-c79ee33e6353.jpg)
कनकाई अनलाईन
बाह्रदशी गाउँपालिकाको कञ्चन ज्योति अङ्ग्रेजी माविले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा उत्कृष्ट नतिजा निकालेको छ।
आज प्रकाशित एसईईको नतिजामा विद्यालयकी छात्रा सिम्रन सापकोटाले ३.८७ जिपिएसहित उत्कृष्ट नतिजा निकालेको माविका प्रधानाध्यापक निमेश ढुङ्गेलले जानकारी दिनुभयो ।
ूहामी यसपालि पालिका उत्कृष्ट भयौँ, १८ सहभागी मध्ये सिम्रन सापकोटाले ३े.८७ जिपिए ल्याएकी हुन्। हाम्रो नतिजामा हामी धेरै खुशी छौं।ु उहाँले भन्नुभयो।
त्यस्तै, पालिकामा दोस्रो उत्कृष्ट नतिजा बाह्रदशी ६ मा रहेको मिनी माउन्टेन अङ्ग्रेजी माविकी सविता कार्कीले ३.८४ जिपिएसहित दोस्रो उत्कृष्ट नतिजा ल्याएको विद्यालयको दावी छ।
विद्यालयले दावी गरेपनि यसविषयमा बाह्रदशी गाउँपालिकाको शिक्षा शाखाले भने यसबारे यकिन नभएको बताएको छ। उक्त विद्यालयको उत्कृष्ट ल्याएको हल्ला भने चलेको हो यसबारे यकिन गर्ने विद्यालयलाई फारम पठाएका छौं फारम भरेर आएपछि मात्र पक्का हुने शिक्षाका प्राविधिक सहायक योगराज पौडेलले बताए।
![](https://kanakaionline.com/wp-content/uploads/2023/07/IMG-20230715-WA0001.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/CCTV-AD.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/attendance-copy.jpg)