कनकाई अनलाईन
झापाको मेचीनगर नगरपालिका ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा फेरी जंगली हात्ती मृत फेला परेको छ ।
अन्दाजी ९–१० बर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको हो । स्थानीयले बिहिवार बिहान ७ः३० बजे खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षित राखेको छ । थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सव–डिभिजन कार्यालय धाईजनबाट फिल्ड अफिसर कर्ण विश्वकर्मासहितको टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थप पोष्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट बिशेषज्ञको टोली आउँदै गरेको जनाइएको छ । झापमा यसअघिपनि पटक पटक जंगली हात्ती मृत फेला पर्दै आएको थियो ।
![](https://kanakaionline.com/wp-content/uploads/2023/07/IMG-20230715-WA0001.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/CCTV-AD.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2023/04/attendance-copy.jpg)