Kanakai Online

कनकाई नगरपालिकामा अपाङ्ग असक्तहरुका लागि करुणा फाउण्डेशनसग सहकार्य


बुधवार, असार १३, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरपालिका र करुणा फाउण्डेशनविच ३ बर्षका लागि यस क्षेत्रका अपाङ्ग, असक्तहरुका लागि विविध कार्यक्रम र सहयोग गर्ने सम्बन्धि सम्झौता भएको छ ।
स्थानीय कनकाई नगरपालिका, करुणा फाउण्डेशन र प्रदेश सरकारविच त्रिपक्षिय सम्झौता गरि सुरु गरिएको उक्त सम्झौता पत्रमा सबै खर्च समेत ३ पक्षकाविच बराबरी गर्नेगरि सम्झौता भएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई नगरपलिकाका प्रमुख प्रसाशकिय अधिकृत सुरज श्रेष्ठ यसैगरि करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा, पालिका संयोजक सुरेन्द्र गिरी र कनकाई नगरपालिका अपाङ्गता समावेशी संस्थाका अध्यक्ष पुष्पलाल घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।
जसमा कनकाई नगरपालिका क्षेत्रमा रहेका अपाङ्गता र असक्त भएका वालवालिका र नागरिकका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र दिगो समस्या समाधानका क्षेत्रम काम गर्ने छ ।
कनकाई नगरपालिकाकी योजना अधिकृत जमुना कटुवालले स्वागत गरेको कार्यक्रममा कनकाई नगरपालिका क्षृेत्रमा मात्रै करिव १५ सयजना यसप्रकारका नागरिकको वसोवास रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कार्यक्रम सञ्चालन भएपनि अपाङगता रोक्न र अपाङ्गता भइसकेका नागरिकहरुलाई सहज जीवन यापनका लागि मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकार र करुणा फाउण्डेशनविचमा सहकार्य गर्न पाउदा नगरपालिकाले खुसी व्यक्त गरेको भन्दै आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुकै कारण समाजमा सकरात्मक असर पर्ने विश्वास नगरप्रमुखले व्यक्त गर्नुभयो ।
यता करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटाले कोशी प्रदेशशका सबै पालिकाहरुमा यो कार्यक्रम सञ्चालनको योजना रहेको जानकारी दिनुभयो । कोशी प्रदेशमा यस कार्यक्रम सफ लबनेपछि अन्य प्रदेशमा समेत यस कार्यक्रम सञ्चालन गर्ने हो सापकोटाले भन्नुभयो ।

सम्बन्धित खबर