कनकाई अनलाईन
हिजो सुरुङ्गामा अटोको ठक्करबाट सख्त घाईतेहुनुभएका ओमप्रकाश भेटवालको आज निधन भएको छ ।
कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा –झापा भित्री पक्की सडकखण्डमा अटोको ठक्करबाट घाईते हुनुभएका कनकाई नगरपालिका ३ का ६० बर्षिय ओमप्रकाश भेटवालको मृत्यु भएको छ ।
सोमवार हिजो बिहान १०ः३० बजेको समयमा सुरुङ्गा झापा सडकखण्डको भित्री अमरपथ सडक खण्डमा मदरगाछीबाट सुरुङ्गा आउँदै गरेको प्र.१–०१–००१ह. ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई ३ सुरुङ्गा बस्ने ६० वर्षीय ओमप्रकाश भेट्वाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई घाईते बनाएको थियो ।
घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा मंगलवार बिहान ११.३० बजेको मृत्यु भएको हो ।अटो र चालक कन्काई ५ मदरगाछी बस्ने ४२ वर्षीय टिकाराम उप्रेतीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको र उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।