Kanakai Online

झापा गाउँपालिकाले कृषकको सिचाईको बिद्युत महसुल पालिकाले तिरिदिने


मङ्गलवार, असार १२, २०८१ |

कनकाई अनलाईन
झापा गाउँपालिकाले आफ्ना पालिकाभित्रका कृषकहरुले सिचाईबापत उठेको विद्युत महसुलको ८० % रकम पालिकाले तिरिदिने भएको छ ।
आर्थिक बर्ष २०८१/८२ को बार्षिक बजेट तथा निति कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाकी कार्यवाहक अध्यक्ष समेत रहनुभएकी पालिका उपाध्यक्ष अन्जुदेवि थपलियाले उक्त लोकप्रिय कार्यक्रम सार्वजनिक गर्नुएको हो ।
उक्त पालिकामा नेपालमै सबैभन्दा बढी मकै खेती समेत हुने गरेको छ । अघिल्लो बर्ष समेत पालिकाले कृषकहरुलाई सिचाई वापतको उठने विजुलीको शुल्कमा ६० प्रतिशत खर्च व्यहोर्दै आएकोमा यसबर्ष भने ८० प्रतिशत बनाएको हो । सिचाई सुविधाको रकमका लागि पालिकाले २० लाख रुपैँया पालिकाले बिनियोजन गरेको छ । यसैगरि पालिकाले हरेक पालिकाभित्रका मरिमराउको मृत्यु संस्कार सहायता वापत समेत प्रतिपरिवार २० हजार रकम प्रदान गर्ने निर्णय गरेको छ । यसका लागि पालिकाले ५० लाख रुपैँया रकम बिनियोजन गरेको पालिका कार्यवाह अध्यक्ष थपलियाले बताउँनुभयो । अघिल्लो बर्ष मृत्यु सस्कारवापत १७ हजार नगदै दिदै आएकोमा यसपटक २० हजार बनाएको हो । झापाको झापा गाउँपालिकाले १६ औ गाउँसभाबाट आर्थिक वर्ष २०८१÷०८२ का लागी ४९ करोड ४३ लाख ५ हजार रूपैयाँको कुल बजेट सर्वसम्मत पारित गरेको छ ।
तस्वीर ः बजेट प्रस्तुत गर्दै झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया फोटो

सम्बन्धित खबर