Kanakai Online

शिवसताक्षी नगरपालिकाको बजेट ९६ करोड २६ लाख


मङ्गलवार, असार १२, २०८१ |

कनकाई अनलाईन
शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १४ औं नगरसभाबाट उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गर्नुभयो ।
उक्त बजेटमा तोकिएका समूहका व्यक्तिहरुको ३५ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम भने समावेश नगरिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।
जसमा आन्तरिक आम्दानी ५ करोड ८७ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त, २ करोड, २७ लाख, संघीय सरकारबाट ७८ करोड ०६ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ। त्यस्तै प्रदेश सरकारबाट समानिकरण १ करोड ११ लाख ३७ हजार, समपुरक अनुदान १ करोड ३० लाख, शसर्त अनुदान २ लाख ३३ लाख, सवारी साधान बाँड फाँडबाट १, करोड ३० लाख गरी ८६ करोड २६ लाख बराबरको बजेट रकम नगरसभाबाट सार्वजनिक गरिएको हो ।
सिमित श्रोत साधान बीच बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले जानकारी दिए । नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर १ करोड ३५ लाख बजेट छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य, पुर्वाधार विकास, कृषि, पशु सेवा लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले बताउनुभयो । नगरले गौरवका आयोजनाहरु पूर्ण रुपमा सम्पन्न नहुन्जेल तीनै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । नगरको रिङ्गरोडलाइ पूर्णता दिने, स्मार्ट विद्यालय कार्यक्रम, नगर स्तरीय दुधे रंगशाला निर्माणमा निरन्तरता दिइने भएको छ । नगर भित्र रहेको धार्मिक तथा पर्यटनको विकासलगायत आगामी आवमा बालमन्त्री नगर घोषणाका लागि विभिन्न कार्यक्रमहरु गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरका ११ वटै वडालाई ६० लाखको दरले सिलिङ बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित खबर