Kanakai Online

झापामा चट्याङ लागेर एकको मृत्यु


मङ्गलवार, असार १२, २०८१ |

कनकाई अनलाईन
झापाको कमल गाउँपालिका २ समईगढमा आज मंगलवार विहान खेतमा ट्याक्टरले जोत्नेक्रममा खेतमा उभिईरहेको अवस्थामा चट्यालले लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४६ बर्षिय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खड्कालाई विहान ७ बजे चट्याङले लागेर घाईते हुनुभएको थियो उहाँलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

सम्बन्धित खबर