Kanakai Online

झापाको नमुना विद्यालयको कुरुप काम १५ विद्यार्थीलाई पिटेर अस्पताल भर्ना


सोमवार, असार ११, २०८१ |

लीलाराज झापाली
नेपालकै नमुना विद्यालयका रुपमा छनौट भएको झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत केही विद्यार्थीलाई डिसिप्लिन इन्चार्जले निर्घात पाईपले पिटदा १५ विद्यार्थी घाईते बनेका छन ।

विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो । कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छियाछिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरूको भनाई छ । उनीहरुलाई कक्षा कोठामा चुङ्गी खेलेर हल्ला गरेको भन्दै डिआई भण्डारीले आईतवार दिउसो करिव ३ बजेको समयमा विद्यार्थीलाई रबरको पाईपले निर्घाट कुटपिट गरेका हुन ।

कक्षामा हल्ला गरेको कारण देखाउँदै आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने सबै विद्यार्थीहरु बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।

कुटाइ खाने एक विद्यार्थीकी आमा लीला विश्वकर्माले विद्यार्थीमाथि प्रहार गर्ने भण्डारीलाई सख्त कारबाहीको माग गर्नुभएको छ ।

विद्यार्थी कुटने डिसिप्लिन इन्चार्ज भण्डारी अहिले सम्पर्कबिहीन भएका छन्। उनको मोबाइल फोन अफ छ। भण्डारीको घरमा सम्पर्क गर्दा उनी घरमा पनि नरहेको भन्ने बुझिएको विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताउँनुभयो ।
प्रधानाध्यापक भण्डारीले डिसिप्लिन इन्चार्जलाई विद्यार्थीलाई भौतिक सजाय दिन पाइँदैन भनेर पटकपटक सम्झाएको बताए।प्रअ भण्डारीले भने, ‘उनलाई निष्कासन गर्ने विषयमा छलफल गर्दैछौं प्रअ भण्डारीले भन्नुभयो ।

विद्यार्थीले कुटाइ खाएको कुरा थाहा पाएपछि अभिभावकहरू आइतबार राति नै इलाका प्रहरी कार्यालय बुधबारेमा भेला भएर विद्यार्थी कुट्ने भण्डारीमाथि कानूनी कारबाहीका लागि दबाब दिएका थिए । यसअघि समेत डिआई भण्डारीले पटक पटक स्कुलका विद्यार्थीलाई पिटेको र यसवारेमा विद्यालय प्रशासनलाई जानकारी गराउँदा एकपटकलाई छाडिदिनु भन्ने सहमति भएको स्थानीय अभिभावको भनाई छ । आफ्नो छोरालाई डिआईले आईतवार दिउसो १ बजे पिटेर शरिरभरी निलडाँम रहेको र .ज्वरो समेत आएकोले स्थानीय सिटी अस्पतालमा अहिले छोराको उपचारमा रहिरहेको अभिभावक लीलादेवि विश्वकर्माले गोरखापत्रलाई बताउँनुभयो । प्रहरीमा आफुहरुले उजुरी हालेपनि हालसम्म प्रहरीले पक्राउ भने नगरेको विश्वकर्माको गुनासो छ स्कुल व्यावस्थापन समिति र हेडसरलाई भन्दा हामी छलफल गर्दैछौ भन्नुभएको छ छोरालाई पिटाइकै कारण समस्या बढिरहेको छ विश्वकर्माले बताउँनुभयो ।
यसवारेमा विद्यालयका प्रअ कृष्णराज भण्डारीलाई पटक पटक फोन गर्दा फोन उठाउनु भएन ।
फोटो ः रबरको पाईपले पिटेर घाईते बनेका विद्यार्थी र विद्यार्थी पिटने डिआई
भण्डारी तस्वीर लीलाराज खड्का

सम्बन्धित खबर