Kanakai Online

कनकाई नगरपालिकालाई कांग्रेसले बुझायो ध्यानआकर्षण पत्र


सोमवार, असार ११, २०८१ |

कनकाई अनलाईन
नेपाली कांग्रेस कनकाई नगर समितिको समन्वय एवम् सहजीकरण समितिले कनकाई नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशाशर्मा शिवाकोटीलाई कांग्रेसका सहजीकरण एवम् सहजीकरणका संयोजक रुद्रप्रसाद चिमरिया, नेपाली कांग्रेस कनकाई नगर समितिका अध्यक्ष दुर्गाप्रसाई, सहजीकरणका सदस्य कुमारमणि पोखरेल, भीष्मभुषण सिटौला, लीलाबहादुर कटुवाल, नारायण काफ्ले लगायातको टोलीले भेटेर उक्त ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानार्षण पत्रमा कनकाई नगरपालिकामा विद्यालयमा आवश्यक दरबन्दीको व्यावस्था गरी निशुल्क शिक्षाको प्रबन्ध गर्नेदेखि लिएर सार्वजनिक शिक्षाका लागि स्थानीय पाठ्यक्रमनै निर्माण गरि आवश्यक दरबन्दीको व्यावस्था गरि गुणस्तरीय शिक्षा यहाँका विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने, कृषकलाई सिचाईका लागि आवश्यक मोटर वितरण र सिचाईका लागि बिजुलीको बिल तिरिदिने प्रबन्ध नगरपालिकाले गरिदिने, उन्नत जातका बिउ बिजन र मलखाद, मेशिनरी औजार नगरपालिकाबाट समयमै बितरण गरिनुपर्ने , उत्पादनमा अनुदान र कृषि बिमालाई प्रभावकारी रुपमा कार्यान्यन गरिनुपर्ने, कृषकलाई लक्षित गरि चिस्यान केन्द्र ड्रायर सेन्टर र विउ बिजन उत्पादज केन्द्रको स्थापना गरिनुपर्ने, नदि नियन्त्रण र ग्रीन पार्क निर्माण गरिनुपर्ने, वडाबाट सिफारिस भइआएका योजनाहरु आवश्यकताका आधारमा छनौट गरिनुपर्ने, सम्पुण नगरवाशीलाई स्वास्थ्य सेवामा पहुच पुर्याउनुपर्ने, नगर अस्पतालको क्षमता अभिबृद्धि गरिनुपर्ने, असक्त र दिर्घरोगीहरुलाई घरमै औषधिको प्रबन्ध गरिनुपर्ने, कनकाई नगर अस्पतालमा डाइलोसिस र ब्लड बैँकको प्रबन्ध गरिनुपर्ने, कनकाई नगरलाई खेलकुदको हव बनाइन आवश्यक कार्यक्रम र बजेटको प्रबन्ध गरिनुपर्ने व्यावसायिक खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने, भुमिहिन र अव्यस्थित बसोबासीका लागि धनीपुर्जाको प्रबन्ध गरिनुपर्ने, सडक बत्तीको उचित व्यावस्था, कर्मचारीको नियुक्ति प्रक्रियागत रुपमा गरिनुपर्ने, नगरपालिकाको बेरुजुको दर बढेर गएकोले यसको नियन्त्रण गरिनुपर्ने लगायात रहेका छन ।


ज्ञापन पत्र बुझ्दै कनकानई नगरप्रमुख पोखरेलले नेपाली कांग्रेसले राखेका कतिपय मागहरु यस आर्थिक बर्षमा आउन लागेको बजेट र निति कार्यक्रममा राखिसकिएको र केहीलाई समावेश गरिदै जाने बताउँनुभयो । साथै नगरप्रमुख पोखरेलले रचनात्मक सुझावलाई नगरले ग्रहण गर्ने समेत बताउँनुभयो ।
ज्ञापनपत्र ज्ञापन कार्यक्रममा कनकाई नगरपालिका उपप्रमुख आशाशर्मा शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत सुरज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर