Kanakai Online

कनकाई नगर प्रमुख पोखरेल साईबर अपराधमा जाने


आइतवार, असार १०, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल आफ्ना विरुद्ध जथाभावी फेसबुकमा लेख्ने बिरुद्ध साईबर अपराधमा मुद्धा हाल्ने बताउँनुभएको छ ।


केहिदिन पहिले कनकाई नगरवाशी नामक फेसबुक ग्रुपमा एकजनाले कनकाई नगरपालिका प्रमुखले ५० लाख भ्रष्टाचार गरेको भन्ने भ्रमपुण पोस्ट गरेका थिए । आज नगरपालिकामा नेपाली कांग्रेस कनकाई नगर समिटिको ध्यानआकर्षणपत्र बुझ्दै नगरप्रमुख पोखरेलले धेरैकुरा सहदै आएपनि कतिपय अत्यन्तै तल्लो स्तरमा गएर गरिएका पोस्टहरुलाई भने माफि दिन नसकिने बताउँनुभएको छ ।

नगरप्रमुख पोखरेलले यसअघि समेत राजधानीबाट सञ्चालित एक टेलिभिजन बिरुद्ध समेत प्रेस काउन्सिलमा उजुरी हाल्नु भएको थियो । प्रेस काउन्सिलले उक्त टेलिभिजनलाई माफि माग्नका लागि पत्र काटेको थियो ।

सम्बन्धित खबर